२६ श्रावण २०८३, मंगलवार
,
Latest
यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन नयाँ ऐनको तयारीमा सरकार तिम्बुङ पोखरीः प्रकृतिसँगको साक्षात्कार सरकारी उद्योग मात्र चलाउने र निजी क्षेत्रका समस्याग्रस्त उद्योगलाई बेवास्ता गर्ने नीति मान्य हुँदैनः अध्यक्ष… अटोमोबाइल क्षेत्रलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह, पुँजीगत खर्च बढाउन जोड कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड, उपभोगको क्षेत्र मात्र ठान्नु गलतः अध्यक्ष अग्रवाल नेशनल प्याब्सन कास्कीको २०औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, आज घण्टाकर्ण पर्व मनाइँदै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यासको कृत्रिम अभाव, सञ्चय नगर्न व्यवसायीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाललाई विप्लवको सुझाव: एक पटक माओवादी भएर काम गर्नुस्



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे बिद्रोह हुने चेतावनी दिनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको बिरोधमा भएको भन्दै अहिल पनि सोही स्थिति आइरहेको बताउनु भयो । उहाँले सरकारले मन्त्रीपरिषद्मा जनचाहना अनुरुपका प्रश्तावह गरे आफूले सडकबाट साथ दिने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकपटक पुन: माओवादी बनेर काम गर्न आग्रह गर्नुभयो । उहाँले जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा अहिले पनि क्रान्ति जारी छ । जनयुद्ध पनि के को परिणाम थियो भन्दा मानिसले न्याय खोज्दा खोज्दा नपाएपछिको बिद्रोह थियो । बिद्रोह किन हुन्छन्, जनताका चाहनालाई समयमा नै सम्बोधन, संगठित गरिएन भने आगोमा बिद्रोहमा बदलिन्छन् । हरेक योद्धाहरुले क्रान्तिमा भाग लिइरहेको जस्तो अनुभुति गर्दछन् । आज त्यस्तै अनुभुति भइरहेको छ । मैले भनेको छु, क्याबिनेटमा प्रश्ताव गर्नुहोस् हामी रत्नपार्कमा बसेर साथ दिनेछौँ । हामी हरेक नराम्रा कामको बिरुद्धमा उभिन तयार छौँ । तर एक पटक प्रचण्ड कमरेड फेरि माओवादी जस्तो बन्नुपर्छ नि ।’

महासचिव चन्दले अब पुन: एउटा अर्को इतिहास रच्ने बेला आएको बताउनु भयो ।