२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा पत्नी राणालाई हराएका राना मन्त्री बन्दै



अ+ अ-

काठमाडौं ।  नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई हराएका एमाले नेता नारदमुनि राना पनि मन्त्री बन्ने भएका छन् । कैलालीका नेकपा नेता रानालाई प्रधानमन्त्री केपी शर्मा ओलीले वनमन्त्री बनाउने भएका हुन् । 

‘वन मन्त्रालयको जिम्मेवारी दिइएको छ,’ रानाले भने, ‘साँझ ४ बजे सपथका लागि बोलाउनु भएको छ ।

रानाले प्रतिनिधसभाको गत चुनावमा कैलाली क्षेत्र नं। ५ बाट राणालाई ४ हजार ८८० मतान्तरले पराजित गरेका थिए ।

चुनावकै बेला नेता रानालाई मन्त्री बनाउने भन्दै मत मागिएको थियो । तर रानाले चुनाव जिते पनि मन्त्री बन्ने अवसर भने ३ वर्षपछि सांसदबाट पदमुक्त भएपछि मात्रै पाएका छन् ।