३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताब्दी पुरूषको सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार



अ+ अ-

काठमाडौं । वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीको मुटुमा समस्या आएपछि हिजो उहाँलाई किस्ट मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको छ । आजदेखि उहाँको स्वास्थ्यमा सुधार आएको बेहोरा कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले बताउनुभयो । 

छाती दुख्न र पोल्न थालेपछि डा. जोशीलाई अस्पताल पुर्याइएको थियो । औषधी चलाएको आधा घन्टापछि उहाँको स्वास्थ्यमा सुधार आउन थालेको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिनुभयो। प्रा.डा. बज्राचार्यले भन्नुभयो, "हिजै उहाँले घर जाने इच्छा प्रकट गर्नुभएको थियो तर हामी उहाँको विशेष उपचार गरिरहेका छौँ र पूर्ण रूपमा आराम भएपछि मात्र उहाँलाई घर पठाउने छौँ ।"

डा. जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले किस्ट मेडिकल कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि आआफ्नो शरीर मरणोपरान्त समर्पण गर्नुभएको छ । शताब्दी पुरूष डा. सत्यमोहन जोशी वैशाख ३० गतेदेखि १०२ वर्षमा हिंड्दै हुनुहुन्छ ।