३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सरकारले सांसदहरुको मागको सुनुवाई नगरेको भन्दै काँग्रेसका सांसद गिरीको आपत्ति

सरकारले सांसदहरुको मागको सुनुवाई नगरेको भन्दै काँग्रेसका सांसद गिरीको आपत्ति
अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद दिपक गिरीले सरकारले सांसदहरुको मागको सुनुवाई नगरेको भन्दै आपत्ति जनाउनु भएको छ ।

जब्दी पुल निर्माणका लागि सांसद सञ्जय गौतमले आमरण अनसन सुरु गर्नु परेको उल्लेख गर्दै उहाँले अरु सांसदहरुले आमरण अनसन बस्नुपर्ने अवस्था आउन नदिन पनि सरकारलाई सचेत गराउनु भयो ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गिरीले उदयपुरको त्रियुगा पुल, संखुवासभाको अरुण पुललगायतका विकास, निर्माणको काममा सांसदहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले कुनै कदम चाल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

उहाँले सरकारले सबै सांसदहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रको विकास, निर्माणको काम अघि बढाउनका लागि दवाव दिन आमरण अनसननै बस्न बाध्य नपारोस भनि चेतावनी समेत दिनु भयो । उहाँले भन्नु भयो, ‘यो गरिमामय संसदमा एउटा वरिष्ठ सांसद सञ्जय गौतम आमरण अनसनमा बस्नु भएको छ । हामी सुन्ने गथ्र्यो विपी कोइराला राष्ट्रहितका लागि ३० दिन आमरण अनसनमा बस्नु भएको थियो । तमाम अनसन बस्नेहरु राष्ट्रका लागि बस्नुपर्ने थियो । आज आएर यही गरिमामय संसदका सांसद सञ्जय गौतम आफ्नो क्षेत्रको केही चिज पनि सदनमा पटकपटक कुरा राख्दा पनि सरकारले वास्ता नगरेर आज जब्धी पुलमुनि १५ सुत्रीय माग राखेर आमरण अनसन बसेका छन ।

अव यो क्रमश मैले भनौ अव यो मुलुकका धेरै चिजहरु बन्नुपर्ने नजिककै नगरकोटको बाटो बन्दैन । जब्धी पुल बन्दैन । उदयपुरको त्रियुगा पुल बन्दैन । संखुवासभाको अरुणपुल बन्दैन । चार लेनबाट दाङको बन्दैन । अरु आमरण सुरुवात हुँदा पनि सरकारले आँखा लगाउँदैन । आज ३ दिन भयो । सांसद सञ्जय गौतम अनसन बस्नु भएको । अव भोली नारायण खड्का त्रियुगा पुलमुनि आमरण अनसन बस्नु भएको छ भनेर सुन्न नपरोस । पर्सी दिपक खड्का अरुणको पुलमुनि बस्नु भएको छ भनेर सुन्न नपरोस् । म सम्माननीय सभामुखमार्फत यो नेपाल सरकारको आँखा खुलोस् । ’

सांसद गिरीले संसदमा सांसदहरुले राखेका मागबारे सरकारलाई गम्भिर बन्न पनि पटकपटक आग्रह गर्नु भयो ।