३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘कृषिविज्ञ’ राईलाई सात दिन हिरासतमा राख्न आदेश

‘कृषिविज्ञ’ राईलाई सात दिन हिरासतमा राख्न आदेश
अ+ अ-

खोटाङ । बालयौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्) का संरक्षक एवं ‘कृषिविज्ञ’ मदन राईलाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न प्रहरीलाई जिल्ला अदालत खोटाङले आदेश दिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा आवासीयरुपमा बसेर पढ्ने बालिका र किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गत शुक्रबार फाउण्डेशनबाटै प्रक्राउ परेका संरक्षक राईमाथि अदालतले आइतबार सात दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो ।

पक्राउपछि प्रहरी हिरासतमा रहेका संरक्षक राईमाथि एक जना पीडितले बालयौन दुव्र्यवहारसम्बन्धी कसुरअन्तर्गत दिएको उजुरीसमेत दर्ता गरेर कारबाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।

“शुभम् फाउण्डेशनका संरक्षक मदन राईविरुद्ध एक जना पीडितले लिखित तथा तीन जनाले मौखिक उजुरी दिएका छन् । उहाँहरुले दिएको उजुरीको आधारमा कारबाहीको प्रक्रिया थालिएको छ”, उहाँले भन्नुभयो, “अहिले अनुसन्धानको क्रममा भएकाले केही भन्न सकिने अवस्था छैन । अनुसन्धानपछि थप पुष्टि हुँदै जानेछ । बाँकी तीन जनाले पनि लिखित उजुरी दिने बताएका छन् ।”

कुटोकोदालोदेखि कम्प्युटरसम्म पढाइ हुने भनिएको विद्यालयको संरक्षक राईले आफूहरुको संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लिल हर्कत गर्नेलगायत आरोपसहित पीडित पक्षले मौखिक उजुरी दिएको प्रहरीले बताएको छ । संरक्षक राईलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरेपछि मौखिक उजुरी दिनेलाई किटानी जाहेरी दिन कार्यालयमा बोलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।

शुभम् फाउण्डेशनका संस्थापकसमेत रहनुभएका ७५ वर्षीय राईले विगत केही वर्षदेखि सामाजिक सञ्जालमा अश्लिल शब्द प्रयोग गरेर स्टाटस लेख्दै आउनुभएको थियो । यौन शिक्षाको नाममा सामाजिक सञ्जालमा अश्लिल शब्द प्रयोग गरेको विषयमा संरक्षक राईको चौतर्फि आलोचना हुँदै आएको थियो ।

फाउण्डेशनमा अध्ययनरत बालिका तथा किशोरीमाथि संरक्षक राईबाटै यौन दुव्र्यवहार भएको खबर शुक्रबारदेखि विभिन्न सञ्चारमाध्यममा आइरहेका छन् । सञ्चारमाध्यममा समाचार आएपछि बालिका तथा किशोरीहरुले लगाएको आरोप ४० प्रतिशत सत्य रहेको संरक्षक राईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिनुभएको छ ।

बालिका तथा किशोरीमाथि यौन शोषण भएको खबर विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ९सिजप० ले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । सिजपले पीडित बालिका तथा किशोरीमाथि यौन दुव्र्यवहार गर्ने संरक्षक राईलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकार्षण गराएको छ ।

नेपालको संविधानको धारा ३९ को उपधारा ९६० मा कुनै पनि बालबालिकालाई कुनै पनि माध्यम वा प्रकारले मानसिक, शारीरिक तथा यौन शोषण गर्न निषेध गरेको छ । बालबालिकामाथि कुनै पनि शोषण भएको ठहरेमा बालबालिकासम्बन्धी ऐन २०७५ बमोजिम तीन वर्षसम्म कैद र रु ७५ हजारसम्म जरिवाना तोकिएको छ । रासस