२९ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज यस्तो छ विदेशी विनिमयदरको भाउ, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । शुक्रबार पनि अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ १९ पैसा तोकिएको छ ।  

एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ७० पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ २१ पैसा तोकिएको छ।  

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ०२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १९ पैसा तोकिएको छ । 

यस्तै युरोको खरिददर १ सय ४१ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ५७ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ६५ पैसा तोकिएको छ। एक बहराइन दिनारको खरिददर ३ सय ९ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ८८ पैसा तोकिएको छ।

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५१ पैसा तोकिएको छ । एक जापानी यनको खरिददर १० रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७० पैसा तोकिएको छ ।