३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भ्रष्टाचारमा नाम जोडिएका सांसदहरुको राहदानी तुरुन्त जफत गरियोस्: डिपी अर्याल

भ्रष्टाचारमा नाम जोडिएका सांसदहरुको राहदानी तुरुन्त जफत गरियोस्: डिपी अर्याल
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरुको राहदानी जफत गर्न माग गर्नुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरु देश छोडेर भाग्नसक्ने खतरा भएको भन्दै राहतदानी तुरुन्त जफत गर्न माग गर्नुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र रुपले काम गर्न दिनुपर्ने र प्रहरीले जुटाएको प्रमाण बीचमै हराउनु नहुने पनि बताउनु भयो । उहाँले अपराधीलाई बचाउन खोजेमा रास्वपाले सडक र सदन दुवैमा जनताको आक्रोशलाई साथ दिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भूटानी शरणार्थीको विषय शुरुवात मात्रै हुन् । यस्ता हजारौँ भ्रष्टाचारका फाइलहरु खोल्दै जानुपर्ने छ । सरकारले खुट्टा नकमाओस् । प्रहरीलाई स्वतन्त्र रुपले काम गर्न दिनुपर्छ । तर प्रहरीले पनि मेहनत गरेर जुटाएको प्रमाण बीचैमा हराउनु हुँदैन । खबरदार । अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भागबन्डाको नियुक्ती हुन्छ भनेर यही रोष्टमबाट पटक–पटक भनिएको सबैलाई याद होला । खबरदार अपराधीलाई कुनै हालतमा बचाउन खोजियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले सदन, सडक दुवैमा जनताको आक्रोशलाई साथ दिनेछ । देश छोडेर भाग्नसक्ने खतरा भएकोले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरुको राहदानी तुरुन्त जफत गरियोस् ।’

उहाँले पार्टीभित्र भ्रष्टहरु पालेर संसदमा ठुला कुरा नगर्न राजनीतिक दलहरुलाई चेतावनी दिनुभयो ।