२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थी प्रकरण: अख्तियारलाई बुझाउने गल्ती नहोस्– लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसद्लाई जानकारी गराउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा विशेष समयमा उहाँले यो राज्य विरुद्धकै अपराध भएको उल्लेख गर्दै यसमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको बताउनुभयो ।

“यस्तो जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौँ, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न”, उहाँले भन्नुभयो ।

पछिल्लो समय प्रहरीले अनुसन्धान नगर्ने हो कि अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु आउन थालेका भन्दै अध्यक्ष लिङ्देनले यस्ता गल्ती नगर्न आग्रह गर्नुभयो ।

प्रहरी अनुसन्धाबारे अनेक आशंका आएको र शीर्ष नेताहरुको बैठकलाई समेत त्यससँग जोडेर हेरिएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “शीर्ष नेताहरु, सरकारको गलत मनसाय छैन भन्ने प्रष्ट पार्न पनि अहिलेसम्म भएका कारबाहीका प्रगति संसद्लाई जनकारी गराउनुपर्यो भनेर माग राख्न चाहन्छौँ ।”