३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सरकारले हौसिएर बजेट ल्याउन छुट छैन: सांसद कार्की

सरकारले हौसिएर बजेट ल्याउन छुट छैन: सांसद कार्की
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुन नसक्ने बताउनु भयो। उहाँले स्रोतमा आएको संकुचनका कारणले सरकारलाई हैसिएर बजेट बनाउने सुविधा नभएको बताउनु भयो।

सांसद कार्कीले अर्थतन्त्रमा देखिका समस्या र चुनौति रहेको अवस्थामा लोकप्रिय नभएर यथार्थपरक बजेट मुलुकलाई आवश्यकता रहेको बताउनु भयो। उहाँले अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर हासिल गर्ने,बेरोजगारलाई स्वरोजगार बनाउने र अर्थतन्त्रलाई सवल बनाउने विषयको समर्थन गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुँदैन । आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित रहनुपर्छ । स्रोतमा आएको संकुचनका कारणले सरकारलाई हौसिएर बजेट बनाउने सुविधा छैन । अहिलेको अवस्थामा पपुलिष्ट होइन । यथार्थपरक बजेट मुलुकलाई आवश्यकता छ ।

यो पृष्टभूमिमा सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर हासिल गर्ने,वेरोजगारलाई स्वरोजगार बनाउने र अर्थतन्त्रलाई सबल बनाउने प्रतिवद्धता जनाउनुभएको छ । त्यसको स्वागत गर्न चाहन्छु । समर्थन गर्न चाहन्छु । हाम्रो मुलुक विकासको फड्को मार्ने अत्यन्तै सम्भावना भएको मुलुक हो । तर त्यस अनुसार सरकारले मुलुकलाई अगाडि बढाउन नसकेको यथार्थता हो । २०४६ सालमा पञ्चायति व्यवस्थाको अन्त्य भएर बहुदलिय सरकार स्थापना हुँदैगर्दा त्यसबेला प्रतिव्यत्ति एक सय ८० डलर नेपालीहरुको आय थियो । सन २०२१ सम्ममा त्यो आय १२ सय डलर पुगेको छ । यो गति सुस्त छ ।’

उहाँले नेपाल विकासको फड्को मार्ने सम्भावना भएको मुलुक भएपनि सरकारले सो अनुसार अगाडि बढाउन नसकेको बताउनु भयो। उहाँले २०४६ सालमा पञ्चायति व्यवस्थाको अन्त्य भएर बहुदलिय सरकार स्थापना हुँदैगर्दा प्रतिव्यत्ति एक सय ८० डलर नेपालीहरुको आय सन् २०२१ सम्ममा त्यो आय १२ सय डलर पुगेको भन्दै यो गति सुस्त भएको बताउनु भयो ।