२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भाईरस’प्रवृत्तिबाट पार्टीलाई जोगाउन सकियो भने राप्रपा अग्रणी शक्ति बन्नेछः कमल थापा



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीमा बाहिरी तत्वले असर पुर्याएको भन्दै त्यसलाई पार्टीबाट जोगाउन सकेमा राप्रपा देशको अग्रणी शक्तिमा रुपान्तरण हुने बताएका छन् । 

अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत अभिव्यक्ति दिदै गणतन्त्र,संघियता र धर्मनिरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट पार्टी धराशयी हुन पुगेको बताएका हुन् । 

"यदाकदा देखिने ‘भाईरस’प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौ भने राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन तथा राप्रपालाई अग्रणी शक्ति बनाउन समय लाग्दैन।" उनले लेखेका छन्, 

"गणतन्त्र,संघियता र धर्मनिरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट धराशयी हुनु अबश्यंभावि छ।विगतका घटनाक्रम यसको प्रमाण हो ।"