११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड

गोरखापत्रले परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गर्नुपर्छ: प्रधानमन्त्री दाहाल

गोरखापत्रले परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गर्नुपर्छ: प्रधानमन्त्री दाहाल
fie photo
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको माग र प्रविधिको गतिअनुसार गोरखापत्रले पनि आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताउनुभएको छ । गोरखापत्र प्रकाशन थालनीको १२३औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरोरुपमा उतार्न संस्थाले अझ जिम्मेवार, व्यावसायिक तथा विश्वसनीय भएर अघि बढाउनुपर्ने बताउनुभयो ।

डिजिटल मिडियाको तीव्र विकास तथा विस्तारसँगै छापा पत्रकारिताको यात्रा थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उहाँले गोरखापत्रले आफ्नो परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गरेर नयाँ ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“राज्यप्रतिको जिम्मेवारीमा सचेत रहँदै सबै नेपालीले स्वामित्व लिने सामग्री पस्किनुपर्दछ । अब सूचनाका लागि मात्र पत्रिका कुर्ने अवस्था नरहेकाले सामग्रीको गुणस्तर र विविधतामा विशेष ध्यान दिनु जरूरी छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

राज्यका सबै कामकारबाही पारदर्शी हुनुपर्नेमा जोड दिँदै उहाँले राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चारमाध्यमको नै भएको बताउनुभयो । “नागरिक सुसूचित हुनसक्दा मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ”, उहाँले भन्नुभयो, “राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौँथो अङ्गका रूपमा सञ्चारमाध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुनसक्दछ ।”

राज्यका हरेक संरचनाको पहरेदारी गर्ने भएकाले सञ्चारमाध्यमलाई ‘वाच डग’का रूपमा लिने गरिएको जनाउँदै उहाँले सञ्चारमाध्यमको यस भूमिका आगामी दिनमा अझ सशक्त बन्नसक्नुपर्ने बताउनुभयो ।

सही सूचना र जानकारीबाट सूचित हुने नागरिकको अधिकार प्रत्याभूत गर्न आमसञ्चार जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै उहाँले आजका सन्दर्भमा आमसञ्चारको भूमिका र योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

“गोरखापत्र संस्थान र गोरखापत्रको नेतृत्व सुशासन र समृद्धिको लक्ष्यप्रति जवाफदेही र इमानदार रहेर मात्र आमसञ्चार जगतमा सरकार र सरकारी सञ्चारमाध्यमप्रतिको विश्वसनीयता कायम राख्न र अभिवृद्धि गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले पछिल्लो समय संस्थानको नेतृत्वको इमान्दारिता र कार्यक्षमतामाथि उठेका प्रश्नको व्यवहारद्वारा प्रतिउत्तर दिन पनि ध्यानाकर्षण गराउनुभयो । “संस्थाको नेतृत्वले जहिले पनि निष्पक्षता, स्वतन्त्रता, संस्थागत एवं पेशागत हित र सुरक्षा, संस्थाभित्र कार्यरत सदस्यको वृत्तिविकास र अभिभावकत्वमा विशेष ध्यान दिनुपर्दछ”, उहाँले भन्नुभयो । संस्थाप्रति सबैको अपनत्वबोध हुने भौतिक एवं भावनात्मक परिस्थितिको निर्माण गरेर मात्र नेतृत्वले आफ्नो क्षमता प्रस्तुत गर्नसक्ने भन्दै उहाँले त्यसको बलमा मात्रै संस्थाले थप परिष्करणका साथ उचाइ हासिल गर्नसक्ने बताउनुभयो ।

नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्र एउटा पत्रिका मात्र नभई युगको जीवन्त प्रतिनिधि भएको उल्लेख गर्दै उहाँले आजका मितिसम्म पनि सबैभन्दा विश्वासिलो र सर्वाधिक हेरिने वा पढिने पत्रिका गोरखापत्र भएको बताउनुभयो । “शताब्दी लामो यात्रा पार गरिसकेको गोरखापत्रको हाम्रो सामाजिक विकास र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान छ”, उहाँले भन्नुभयो ।

नेपाली पत्रकारिताको संस्थागत विकासमा यसको निकै महत्वपूर्ण योगदान रहेको जनाउँदै प्रधानमन्त्री दाहालले राष्ट्रको इतिहास र सभ्यता जोडिएको यो संस्थालाई अहिलको डिजिटल युग सुहाउँदो बनाउन आन्तरिक सुधार तथा पुनरसंरचना आवश्यक रहेको बताउनुभयो । “पछिल्ला दिनमा गोरखापत्र तथा अन्य प्रकाशनको ‘ले–आउट डिजाइन’मा भएको परिवर्तनसँगै यसको सामग्रीको प्रस्तुति र गुणस्तरमा देखिएको सुधार स्मरणीय छ, आगामी दिनमा यसलाई थप परिमार्जित र विकसित तुल्याउने जिम्मेवारीसमेत गोरखापत्रमा आबद्ध सञ्चारकर्मी र कर्मचारीको काँधमा छ”, उहाँले भन्नुभयो ।

नेपालको पहिलो प्रकाशनका रूपमा विसं १९५८ वैशाख २४ गतेदेखि ‘गोर्खापत्र’को प्रकाशन प्रारम्भ भएको हो । विसं १९९१ वैशाख ९ गतेदेखि गोर्खापत्र प्रत्येक हप्ताको शुक्रबार प्रकाशित भएको थियो । अर्धसाप्ताहिकको विसं २००० असोज २९ गते सातामा मङ्गलबार र शुक्रबार गरी दुईपटक प्रकाशन हुँदै विसं २००३ पुस ८ गतेदेखि सातामा तीन पटक प्रकाशित भएको थियो । विसं २०१७ फागुन ७ गतेदेखि दैनिकरूपमा प्रकाशित भएको हो । रासस