२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले मागे माफी



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी फरवार्ड एवं कप्तान लियोनल मेसीले क्लबको अनुमतिविनै साउदी अरबको भ्रमण गर्नु गल्ती रहेको भन्दै माफी मागेका छन् । ३५ वर्षीय मेसीले पेरिस सेन्ट जर्मेन (पिएसजी)को अनुमतिविनै साउदी भ्रमण गरेको भन्दै सो क्लबले दुई साताको निलम्बन गरिसकेको छ ।

क्लबबाट दुई साताको निलम्बनमा परेपछि मेसीले क्लब र क्लबका सहयात्रीसँग क्लबको अनुमतिविनै साउदी भ्रमण गर्नु गल्ती रहेको भन्दै माफी मागेका हुन् ।

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियो सन्देशमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र क्लबले के निर्णय गर्छ त्यो हेर्न म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक सोचे कि हामीले खेल पछिको दिन बिदा लिनेछौं जुन अघिल्लो हप्ताहरूमा भएको थियो । मैले साउदी अरेबियाको यो यात्रा पहिले रद्ध गरिसकेको थिए । तर, यसपटक सकिन ।’

पिएसजीमा मेसीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । सम्झौता र सिजनको अन्त्यसँगै मेसीले पीएसजी छाड्ने तयारी गरेका छन् ।