११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला

अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला
अ अ+ अ-

काठमाडौँ । स्वयम्भू आनन्दकुटी विहारमा रहेको अस्थि धातुलाई नगर परिक्रमा गराइएको छ । अस्थि धातु बुद्धको अन्त्येष्टिका क्रममा सुरक्षित राखिएको अवशेष हो । श्रीलङ्काले उक्त धातु यस विहारलाई केही वर्ष अगाडि उपहारस्वरुप प्रदान गरेको थियो । प्रत्येक तीन वर्षमा नगर परिक्रमा गराउने प्रचलनअनुसार आज त्यस क्षेत्रमा परिक्रमा गराइएको हो ।

अस्थि धातुलाई शिरमा राखी विहार परिसरबाट निकालेपछि स्वयम्भू परिक्रमा पथ घुमाइनाका साथै सोही विहारस्थित श्रीलङ्काराम चैत्यको पश्चिमपट्टि सर्वसाधारणको दर्शनका लागि आज दिनभर खुला गरिएको छ ।

विहारका प्रमुख भिक्षु धर्ममूर्तिले श्रीलङ्का सरकारको सहयोगमा नेपाल ल्याइएको अस्थि धातुलाई प्रत्येक वर्ष बुद्ध जयन्तीका दिन प्रदर्शनीमा राखिने भए पनि नगर परिक्रमा भने तीन वर्षमा एकपटक गराइने बताउनुभयो । विहारले विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै विशेष पूजा पनि गरेको थियो ।

पूजामा सहभागी धर्मगुहरुले बौद्ध साहित्यका पवित्र धर्मग्रन्थको विधिपूर्वक पाठ गर्नाका साथै रुस र युक्रेनबीच भइरहेको युद्वमा ज्यान गुमाएका व्यक्तिको मोक्षको कामना गर्नुभएको थियो । कलहले अन्तर्राष्ट्रिय समुदायमा शक्तिको ध्रुवीकरणका साथै मानव समुदायमा अशान्ति फैलिएको अहिलेको अवस्थामा बौद्ध दर्शन र साहित्यको प्रवर्द्धनबाट हिंसा न्यूनीकरण हुने भिक्षु धर्ममूर्तिले विश्वास व्यक्त गर्नुभयो ।

विश्व शान्ति तथा सम्पूर्ण प्राणीको कल्याणका लागि बौद्ध दर्शन, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले बौद्ध साहित्यका माध्यमबाट विश्व शान्ति, सदभाव र भ्रातृत्वको शिक्षा संसारमा फैलाउन सकिने विचार व्यक्त गर्नुभयो । रासस