७ श्रावण २०८३, बिहीबार
,
Latest
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान बाँडिएका विपी, हेपिएका पुष्पलाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

के एल राहुल आईपीएल र विश्व टेस्ट च्याम्पियनसिपबाट बाहिर



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीका विकेटकिपर एवं ब्याट्सम्यान तथा लखनउ सुपर जायन्ट्सका कप्तान लोकेश राहुल (के एल राहुल)ले आईपीएल २०२३ र विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका बाँकी खेलहरूबाट आफू बाहिरिएको घोषणा गरेका छन् ।

उनले इन्स्टाग्राममा एक भावुक पोस्ट गर्दै यो जानकारी दिएका हुन् । लखनउविरुद्धको खेलमा फिल्डिङ गर्ने क्रममा राहुल घाइते भएका थिए । यसपछि उनी अन्तिम स्थानमा ब्याटिङ गर्न आए र रन बनाउन सकेनन् । अब उनी करिब दुई महिनासम्म क्रिकेटबाट टाढा हुनेछन् ।

राहुलको आइपिएलबाट बाहिरिने निर्णय पहिले नै भइसकेको थियो तर अब उनले टेस्ट च्याम्पियनसिपको फाइनल पनि नखेल्ने जानकारी दिएका छन् ।

केएल राहुलले इन्स्टाग्राममा आफ्नो तस्विर सेयर गरेका छन् । यसमा लखनऊ सुपर जायन्ट्सका उनका साथीहरूले उनलाई मैदानबाट बाहिर निकालिरहेका छन् । राहुलले इन्स्टाग्राममा लेखेका छन्, ‘चिकित्सक टोलीसँग राम्ररी विचार र परामर्शपछि म चाँडै तिघ्राको शल्यक्रिया गराउँदैछु भन्ने निष्कर्षमा पुगेको छु । मेरो ध्यान आगामी हप्ताहरूमा मेरो पुनर्वास र रिकभरीमा हुनेछ । यो एक कठिन निर्णय भएको छ, तर मलाई थाहा छ यो ठिक हुनका लागि सही कुरा हो ।’

राहुलले थप लेखेका छन्, ‘टिमको कप्तानको हैसियतले यो निर्णायक समयमा त्यहाँ नआएकोमा म गहिरो दुःखी छु, तर म विश्वस्त छु कि साथी खेलाडीहरूले सधैं झैं आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछन् । म टोलीको हरेक खेल हेर्छु र प्रोत्साहन गर्नेछु ।’

राहुलले आगामी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलबाट पनि आफूलाई बाहिर राखेका छन् । उनले लेखेका छन्, ‘आगामी महिना टीम इन्डियासँग ओभलमा नहुनेमा निराश छु । म टिममा फर्कन र मेरो देशको लागि खेल्न सबै गर्नेछु । यो सधैं मेरो प्राथमिकता हो ।’