५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

के एल राहुल आईपीएल र विश्व टेस्ट च्याम्पियनसिपबाट बाहिर



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीका विकेटकिपर एवं ब्याट्सम्यान तथा लखनउ सुपर जायन्ट्सका कप्तान लोकेश राहुल (के एल राहुल)ले आईपीएल २०२३ र विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका बाँकी खेलहरूबाट आफू बाहिरिएको घोषणा गरेका छन् ।

उनले इन्स्टाग्राममा एक भावुक पोस्ट गर्दै यो जानकारी दिएका हुन् । लखनउविरुद्धको खेलमा फिल्डिङ गर्ने क्रममा राहुल घाइते भएका थिए । यसपछि उनी अन्तिम स्थानमा ब्याटिङ गर्न आए र रन बनाउन सकेनन् । अब उनी करिब दुई महिनासम्म क्रिकेटबाट टाढा हुनेछन् ।

राहुलको आइपिएलबाट बाहिरिने निर्णय पहिले नै भइसकेको थियो तर अब उनले टेस्ट च्याम्पियनसिपको फाइनल पनि नखेल्ने जानकारी दिएका छन् ।

केएल राहुलले इन्स्टाग्राममा आफ्नो तस्विर सेयर गरेका छन् । यसमा लखनऊ सुपर जायन्ट्सका उनका साथीहरूले उनलाई मैदानबाट बाहिर निकालिरहेका छन् । राहुलले इन्स्टाग्राममा लेखेका छन्, ‘चिकित्सक टोलीसँग राम्ररी विचार र परामर्शपछि म चाँडै तिघ्राको शल्यक्रिया गराउँदैछु भन्ने निष्कर्षमा पुगेको छु । मेरो ध्यान आगामी हप्ताहरूमा मेरो पुनर्वास र रिकभरीमा हुनेछ । यो एक कठिन निर्णय भएको छ, तर मलाई थाहा छ यो ठिक हुनका लागि सही कुरा हो ।’

राहुलले थप लेखेका छन्, ‘टिमको कप्तानको हैसियतले यो निर्णायक समयमा त्यहाँ नआएकोमा म गहिरो दुःखी छु, तर म विश्वस्त छु कि साथी खेलाडीहरूले सधैं झैं आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछन् । म टोलीको हरेक खेल हेर्छु र प्रोत्साहन गर्नेछु ।’

राहुलले आगामी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलबाट पनि आफूलाई बाहिर राखेका छन् । उनले लेखेका छन्, ‘आगामी महिना टीम इन्डियासँग ओभलमा नहुनेमा निराश छु । म टिममा फर्कन र मेरो देशको लागि खेल्न सबै गर्नेछु । यो सधैं मेरो प्राथमिकता हो ।’