११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई प्रहरीले छाेड्याे, परिवारकाे जिम्मा News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

कोरोना खोप नपाउँदा लक्षित वर्ग मारमा

कोरोना खोप नपाउँदा लक्षित वर्ग मारमा
अ अ+ अ-

काठमाडौं । कारोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।

सरकारले चीनबाट ल्याएको १० लाख डोज कोरोना विरुद्धको खोप जेठ २५ गतेदेखि ६० वर्षदेखि ६४ वर्ष उमेर समुहका नागरिकलाई लगाउन शुरु गरिएको भएपनि कतिपय ठाउँमा खोप अभियान स्थगित भएपछि लक्षित वर्ग मारमा परेका हुन् । 

कतिपय जिल्लामा अन्य उमेर समुहका मानिसहरुले पनि खोप लगाउन खोजेपछि तथा कतिपय ठाउँमा लक्षित वर्गलाई लगाउन पनि अपुग भएपछि खोप अभियान बन्द हुँदै गइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जिल्लाहरुमा लक्षित वर्ग बाहेककाले पनि खोप लगाउन खोजेपछि अभियान नै स्थगित हुनुपरेको बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘पछिल्लो दिनमा मित्रराष्ट्र चीनबाट प्राप्त गरेको १० लाख डोज खोपमध्ये ६० देखि ६४ वर्षभित्रका उमेर समुहका व्यक्तिलाई जिल्ला अनुसार फरक–फरक हिसाबले जिल्लाले निर्णय गरेर खोप अभियान सञ्चालन गरिरहेका छौँ । जिल्लागत रुपमा भएका स्थानीय समस्याहरुको कारणले खोप लगाउने ठाउँहरुमा खोप लक्षित वर्ग र लक्षित वर्गमा नपरेका अन्य व्यक्तिहरुले खोप लगाउने चाहाना लगायतका यि कुराहरुको तादाम्यता नभएर केही ठाउँहरुमा खोप अभियानहरु स्थगित भएको जानकारी हामीले विभिन्न माध्यमबाट पाएका छौँ ।’

सहप्रवक्ता अधिकारीले लक्षित उमेरका व्यक्तिहरुलाई खोप लगाइसकेपछि अन्यको पालो पनि क्रमशः छिट्टै आउने भएकाले लक्षित वर्गलाई खोप लगाउन सबैले सहजीकरण गर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘त्यस्ता व्यक्तिहरुलाई तोकेको ठाउँमा, तोकेको मितिमा खोप लगाउन जान हामी सबैले सहजीकरण गर्नुपर्ने हुन्छ । क्रमशः सबैको पालो आउँदै जान्छ । अहिले प्राथमिकता प्राप्त व्यक्तिहरुलाई खोप अभियानमा सहभागी गराउनलाई सहजीकरण गरिदिनुहुन सबैलाई अनुरोध गर्दछौँ । कहिकतै खोप स्थगित भएका छन् भने छिटो खोप लगाउन पहल गरिरहेका छौँ ।’

खोप अभियान स्थगित भएका ठाउँमा पनि खोप अभियान पुनः सञ्चालन गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालयले पहल गरिरहेको पनि सहप्रवक्ता अधिकारीले बताउनुभयो ।