११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट

समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ– बालेन

समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ– बालेन
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले काठमाडौँ सहरका पोलहरुका अव्यवस्थित तारहरुले निम्त्याउने समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न नसकिने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उहाँले सहरका पोलहरुमा रहेका तारको अवस्थाले भौतिकरुपमा शहरलाई अव्यवस्थित बनाएको र आगलागीको जोखिम पनि बढाएको बताउनुभएको छ ।

गत वर्षमात्रै अव्यवस्थित तारहरुका कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक रहेको उल्लेख गर्दै उहाँले यसलाई व्यवस्थित बनाउन, एकीकृत विकासका लागि सम्बन्धित कानून बनाउन आग्रह गरेको धेरै भइसकेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “त्यसतिर कुनै सुनुवाइ नभएर हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ । यसबीच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरीत त्यो तार व्यवस्थापन गर्दा इन्टरनेटलगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो ।”

महानगर प्रमुख बालेनले आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौँ महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ भन्दै शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि महानगर क्रियाशील रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ तर तपाइँहरुले साथ दिनु हुनेछ भन्ने अपेक्षा राख्दछौँ ।”

https://www.facebook.com/balenOfficial/posts/798138775011713