११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट

रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको छैन– डिपी अर्याल

रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको छैन– डिपी अर्याल
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने प्रस्ताव नआएको बताउनुभएको छ ।

सभापति लामिछानेलाई प्रधानमन्त्री बन्नका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको भन्दै सञ्चार माध्यममा आएका समाचारमा कुनै सत्यता नरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूहरुलाई पुराना मन्त्रालयहरु दिन तयार रहनुभएको छ । रास्वपा प्रधानमन्त्री प्रचण्डको सरकारमा गएको बेला उसले गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय पाएको थियो ।

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशले पार्टी सभापति लामिछानेको सांसद पद गएसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्रीको पद पनि गुमेको थियो । लगत्तै रास्वपाका अन्य मन्त्री पनि सरकारबाट फिर्ता भएका थिए तर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन ।

उपसभापति अर्यालका अनुसार प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन जितेर आएको अवस्थामा रास्वपालाई पुरानो मन्त्रालय दिन र न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री प्रचण्ड तयार हुनुहुन्छ ।

रास्वपाको शुक्रबार केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्दैछ । बैठकले रास्वपा सरकारमा जाने वा नजाने भन्ने निर्णय गर्नेछ ।