एजेन्सी । युरो २०२० अन्तर्गत समूह चरणको खेलमा इंग्ल्यान्ड र क्रोएशियाले खेल्दैछन् । इंग्ल्यान्डको वेम्ब्ले मैदानमा जारी खेलमा पहिलो हाफ सकिएको छ ।
इंग्ल्यान्डले खेलमा दबाब राखेपनि गोल गर्न भने सकेको छैन । दुबै टीमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन् ।
खेलको सुरुवातमै फिल फोडेनले क्रोएशियाको पोस्टमा प्रहार गर्दा बल पोलमा ठोक्किएर बाहिरिन पुगेको थियो ।








