११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट

शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको छः पूर्वराष्ट्रपति भण्डारी

शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको छः पूर्वराष्ट्रपति भण्डारी
अ अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनेकौँ प्रकारका हिंसाको प्रयोगबाट आक्रान्त समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्न गएको बताउनुभएको छ ।

२५६७औँ बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले समस्त मानव जातिलाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धका उपदेशहरूको पालना एवं अनुसरण गरी व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजान सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ, “नेपाल प्राचीन बौद्ध सभ्यताको उद्गम स्थल भएको हुनाले बौद्ध धर्म र दर्शनसम्बन्धी अध्ययन एवं अनुसन्धानको संस्थागत विकास गर्न, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक स्थलहरूको संरक्षण, विकास र प्रवद्र्धन गर्नका लागि आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मलाई लाग्दछ ।”

उहाँले भन्नुभएको छ, “विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६७औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।” वैशाख शुक्ल पूर्णिमा गौतम बुद्धले जन्म लिएको, ज्ञान प्राप्ति गरेको र महापरिनिर्वाण हासिल गरेको त्रि–संयोगयुक्त दिवस हो । तसर्थ, विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि यो दिन गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिनका रूपमा रहेको छ ।

पूर्व राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ, “गौतम बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच परस्पर सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि गर्दै सुदृढ राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा अग्रसर रहन म सबैमा हार्दिक आह्वान गर्दछु”, भन्नुभएको छ । रासस