२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा पाँच सय १२ किलो गाँजासहित दुई पक्राउ



अ+ अ-

बागमती । मकवानपुरमा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ । मकवानपुरको कैलाश गाउँपालिका–४ कटुन्जेका राधाकृष्ण रिजाल र सोही ठाउँका उत्तम रिजालको घरमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच सय ११ किलो नौ सय ग्राम गाँजासहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उत्तमको घरबाट छ बोरामा प्याक गरिएको एक सय ८४ किलो एक सय ग्राम र राधाकृष्णको घरबाट १२ बोरामा प्याक गरिएको तीन सय २७ किलो आठ सय ग्राम गरी कूल पाँच सय ११ किलो नौ सय ग्राम गाँजा बरामद गरी घरधनीलाई गिरफ्तार गरिएको हो ।

उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उत्तमको घरबाट नगद रु ५५ हजार तीन सय ६५ पनि बरामद गरेको प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । रासस