११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई प्रहरीले छाेड्याे, परिवारकाे जिम्मा News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

के छ गण्डकीको नीति तथा कार्यक्रममा ?

के छ गण्डकीको नीति तथा कार्यक्रममा ?
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने बताउनुभयो । कोभिड–१९ को महामारीबाट सिर्जित समस्याहरूको सम्बोधन गर्नका लागि कोरोना विरुद्धको खोपको व्यवस्थापन गर्नुका साथै महामारीबाट बच्न सावधानीका लागि सचेतना, सङ्क्रमण परीक्षण, संघ र स्थानीय तहबाट गरिने कार्यक्रम सवलीकरण, समन्वय र सहयोग गरिने उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमितको उपचारलाई प्रभावकारी बनाउन अत्यावश्यक स्वास्थ्य उपकरण समाग्री तथा औषधिको व्यवस्था गरिने उहाँले बताउनुभयो । कोरोना सङ्क्रमणका कारण बाबुआमा गुमाएका बालबालिकालाई नगद राहतको व्यवस्थाका साथै कोरोनाका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षकर्मी लगायतका परिवारलाई नगद राहत उपलब्ध गराइने उहाँले बताउनुभयो ।

कोभिड–१९ ले पर्यटन, यातायात, कृषि उत्पादन तथा सेवा क्षेत्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्दै उत्पादन र रोजगारी अभिवृद्धि गर्न उद्यमी तथा व्यवसायीका लागि सञ्चालित व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

नेपाल सरकारसँगको सहकार्यमा सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माण तथा अन्य स्वास्थ्य पूर्वाधार तयार गरी प्रदेश उक्त अस्पताललाई सबै प्रकारका सरुवा रोगको उपचार गर्ने नमूना अस्पताल सेन्टर अफ एक्सिलेन्सीको रुपमा विकास गरिने उहाँले बताउनुभयो । प्रदेशका सबै पालिकामा मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । बलात्कार वा अन्य प्रकृतिका यौन हिंसामा परेका बालिका तथा किशोरीलाई उनीहरूको चाहना अनुसारको व्यावसायिक शिक्षा तथा उच्च शिक्षा निःशुल्क उपलब्ध गराइने छ नीति तथा कार्यक्रममा उल्लेख छ । 

एम्बुलेन्स नभएका स्थानीय तहमा लागत साझेदारीमा एक एम्बुलेन्सको व्यवस्था गरिने जानकारी दिदै उहाँले प्रदेशमा सञ्चालित एम्बुलेन्समा जिपिएस टयापिङमार्फत एकिकृत प्रणालीमा आवद्ध गरी सञ्चालन गरिने बताउनुभयो । ज्येष्ठ नागरिक तथा बालबालिकालाई घरदैलोमा स्वास्थ्य सेवा प्रवाह गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गरिने छ ।

कृषि क्षेत्रको विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिदै रैथाने तथा स्थानीय वालीको संरक्षणका साथै दलहन, तेलहन वालीको उत्पादनमा जोड दिइने सो नीति तथा कार्यक्रममा समावेश छ । मासुको लागि लिमे र दुग्ध उत्पादनका लागि पार्कोटे जातको भैसीको संरक्षण र प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइने  छ । प्रदेशको पहिचान तथा मौलिक संस्कृतिको संरक्षण एवम् प्रवद्र्धन गर्दै प्रदेश भित्रका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकीय पूर्वाधार विकासका कामलाई निरन्तरता दिइने छ । 

भानुभक्त प्राणि उद्यान र पोखरा प्राणि उद्यानबीच अन्तरसञ्जाल निर्माण गरी मानव वन्यजन्तु द्वन्द्व न्युनीकरणमा जोड दिइने प्रदेश प्रमुख पौडेलले बताउनुभयो । पानीको अभावमा मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको अवस्थामा सामूदायिक वन उपभोक्ता समूहको सहकार्यमा कम्तीमा एक सामूदायिक वन एक पोखरी निर्माण अभियानलाई अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । 

उत्तर दक्षिण द्रुतमार्ग कोरोला पोखरा दुम्कीवास हुँदै त्रिवेणीको निर्माण कार्यलाई निरन्तरता दिइने कार्यक्रममा समावेश छ । सांस्कृतिक तथा व्यापारिक महत्वको त्रिवेणी क्षेत्रको विकासका लागि गुरुयोजना तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अवलम्बन गरिने बताउँदै सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाइने छ ।