९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

आईपीएलको १००० औं खेलमा मुम्बई र राजस्थान भिड्दै

आईपीएलको १००० औं खेलमा मुम्बई र राजस्थान भिड्दै
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पनि दोहोरो हेडर खेल हुँदैछ । आजको दोस्रो खेल मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । सिजनमा पहिलो पटक दुवै टोली आमनेसामने हुँदैछन् ।

मुम्बई र राजस्थानबीचको खेल आईपीएलको इतिहासमा १००० औं खेल हुनेछ । मुम्बई आईपीएलको सबैभन्दा सफल टोली हो । यो टोलीले २०१३, २०१५, २०१७, २०१९ र २०२० गरी कुल पाँच पटक आईपीएल ट्रफी जितेको छ । यस्तै, राजस्थान आईपीएलको पहिलो सिजनको च्याम्पियन टोली हो । यस्तो अवस्थामा यी दुई ऐतिहासिक टोलीबीच १००० औं खेल हुन लागेको हो ।

मुम्बई इन्डियन्सले यो सिजन अहिलेसम्म सात खेल खेलेको छ । जसमा उसले तीन जित र चार खेलमा हार बेहोरेको छ । एमआई ६ अंकका साथ तालिकाको नवौं स्थानमा छ । राजस्थान विरुद्धको टोलीका ४ विदेशी खेलाडी क्यामरुन ग्रीन, टिम डेभिड, रिले मेरिडिथ र जेसन बेहरेनडर्फ हुन सक्छन् । यी बाहेक रोहित शर्मा, पियुष चावला र इशान किशन जस्ता खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।

राजस्थान रोयल्सले यो सिजन अहिलेसम्म आठ खेल खेलेको छ । जसमा उसले पाँच जित र तीन खेलमा हार बेहोरेको छ । पछिल्लो खेलमा राजस्थानले चेन्नईलाई हराएको थियो । आरआर १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

मुम्बईविरुद्धको टोलीका ४ विदेशी खेलाडी शिमरोन हेटमायर, जोस बटलर, एडम जाम्पा र जेसन होल्डर हुन सक्छन् । यी बाहेक सञ्जु सामसन, यशस्वी जैसवाल र रविचन्द्रन अश्विन जस्ता खेलाडीले टोलीलाई बलियो बनाएका छन् ।

मुम्बई र राजस्थानबीच अहिलेसम्म कुल २७ खेल खेलिएको छ र यसमा मुम्बईको अग्रता छ । मुम्बईले अहिलेसम्म खेलेका १४ खेलमा जित निकालेको छ । अर्कोतर्फ राजस्थानले १२ खेल जितेको छ । एक खेल भने अनिर्णित रह्यो ।

वानखेडे पिच सधैं ब्याट्सम्यानका लागि सहयोगी रहँदै आएको छ । वानखेडे पिचमा बलरले राम्रो बाउन्स पाउँछन् । यहाँ घरेलु, आईपीएल वा अन्तर्राष्ट्रिय सबै खेलहरूमा रनहरू बन्ने गर्दछन् ।

आइतबार मुम्बईमा मौसम ठीक रहनेछ । बादल लाग्नेछ, पानी पर्ने सम्भावना धेरै छैन । तापक्रम २७ देखि ३३ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकिपर), क्यामरन ग्रीन, सूर्यकुमार यादव, टिम डेभिड, नेहल बडेरा, रिले मेरिडिथ, अर्जुन तेन्दुलकर, कुमार कार्तिकेय, पियुष चावला, जेसन बेहरेन्डर्फ ।

राजस्थान रोयल्सः सञ्जु सामसन (कप्तार र विकेटकिपर) जोस बटलर, यशस्वी जैसवाल, देवदत्त पडिक्कल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, ध्रुव जुरेल, एडम जाम्पा, युजवेन्द्र चहल, सन्दीप शर्मा र जेसन होल्डर ।