२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टियुमा फेरि वर्षा, खेल अनिश्चत



अ+ अ-

काठमाडौं । टियु क्रिकेट मैदानमा फेरि वर्षा भएसँगै नेपाल र कुवेतबीचको खेल पुनः रोकिएको छ ।

एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा वर्षाको कारण एक घण्टा भन्दा बढी खेल रोकिएपछि खेललाई ४५ ओभरमा झारिएको थियो । खेल १२ः १५ देखी सुरु भनिएको थियो तर पुन वर्षा भएपछि खेल अनिश्चत भएको छ ।

फेरि वर्षा भएपछि पिच कभरले ढाकिएको छ । यदि खेल हुन नसकेको खण्डमा सुपर ओभर हुनेछ । सुपर ओभर पनि हुन नसके नेपाल समूह विजेताको कारण फाइनलमा पुग्नेछ ।

टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको छ । नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन् ।रोहितले ४० बलमा २ चौकासहित ३० रन बनाएका छन् भने कुशलले ३० बलमा ४ चौका र १ छक्कासहित ३२ रन बनाएका छन् । चौथो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६१ रनको अविजित साझेदारी गरेका छन् ।