५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्तीको दाह्रा जस्तो देखिने वस्तुसहित ३ व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले हात्तीको दाह्रा जस्तो देखिने वस्तुसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँ–१६ माछापोखरीस्थित अवैधरुपमा हात्तीको दाह्रा जस्तो देखिने वस्तु ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक ममण्डन देवपुर गाउँपालिका–८ घर भई काठमाडौँ– ९ मनमैजु बस्ने २२ वर्षीय रुपेश कुँवर, गोरखा सिरानचोक गाउँपालिका–८ घर भई हाल काठमाडौँ–९ मनमैजु बस्ने २० वर्षीय सबिन गुरुङ र धाद्धिङ निलकण्ठ नगरपालिका–११ घर भई काठमाडौँ–९ मनमैजु बस्ने ५२ वर्षीय ओमनारायण श्रेष्ठ रहेका छन् ।

टोलीले शंकास्पद व्यक्तिहरुको निगरानी गर्ने क्रममा शंकास्पद अवस्थामा फेला परेका व्यक्तिहरुको शरीर तथा झोला रीतपुर्वक खानतलसी गर्ने क्रममा निजहरुले बोकेको झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा हात्तीको दाह्रा जस्तो देखिने वस्तु दुई थान फेला पारी बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त घटनाको सम्बन्धमा पक्राउ परेका व्यक्तिहरु उपर ओखेटोपहार ९हात्तीको दाह्रा० ओसारपसारसम्बन्धी कसूरमा प्रहरी वृत्त बालाजुमा राखी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।