५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कपः नेपालले कतारसँग खेल्दै



अ+ अ-

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप अन्तर्गत घरेलु टोली नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आज बिहिबार कतारसँग खेल्दैछ ।

समूह ‘ए’मा रहेको नेपालले समूह चरणको अन्तिम खेल कतारविरुद्ध त्रीविस्थित टियु मैदानमा खेल्न लागेको हो । नेपाल र कतारबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

समूह ‘ए’बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागि सकेको अवस्थामा यो खेल पछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

यस समूहबाट नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ एक खेल अगाबै सेमिफाइनलमा पुगेको थियो । यस्तै, ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको छ ।

नेपाललाई समूह विजेता बन्न आज हुने अन्तिम खेलमा जित आवश्यक पर्दछ । नेपालले खेल जितेमा ७ अंकका साथ समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ । वर्षा वा कुनै कारण खेलमा अंक बाँडेमा पनि नेपाल समूह विजेता बन्नेछ । अंक बाँड्दा नेपाल र ओमान दुबैको समान ६ अंक हुनेछ ।

किनभने नेपाल रनरेटमा ओमानभन्दा अघि छ । तर, अन्तिम खेलमा नेपाल पराजित भएमा उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा जारी प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् ।

फाइनल खेलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।