२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साथीलाई कुटपिट गरी हत्याको प्रयास गरेको भन्दै १३ बालिका पक्राउ



अ+ अ-

विराटनगर । मोरङमा साथीलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् ।

मिक्लाजुङ गाउँपालिका– ३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययरत १४ वर्षकी बालिकालाई कुटपिट गरी हत्याको प्रयास गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो ।

कालिका माविमा अध्ययन गर्ने १३ जना बालिकाहरूले सङ्गठितरूपमा कुटपिट गरी भिडिओसमेत बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आधारमा उनीहरूलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले बताए ।

प्रहरीले घटनामा संलग्न बालिकाहरूलाई पक्राउ गरी मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको छ। स्कुले बालिकाहरू जोडिएको घटना भएकोले यसबारे बाल संवेदनशीलताको आधारमा गम्भीर रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते बालिकाको विर्तामोङ बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।