काठमाडौं । बिहिबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ६६ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ३ पैसा तोकिएको छ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ ।
यस्तै एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ६१ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
एक बहराइन दिनारको खरिददर ३ सय १० रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ३ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८८ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ८९ पैसा तोकिएको छ।
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५२ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७० पैसा तोकिएको छ ।