४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

म्यान्चेस्टर युनाइटेडभित्र भुइँचालो, अर्को सिजनमा कसकसले छाड्दैछन् ?

म्यान्चेस्टर युनाइटेडभित्र भुइँचालो, अर्को सिजनमा कसकसले छाड्दैछन् ?
अ+ अ-

इङलिस प्रिमियर लिगमा पछिल्ला केही वर्षदेखि राम्रो प्रदर्शन गर्न नसकिरहेको म्यान्चेस्टर युनाइटेडले आफ्नो टिमका ९ जना खेलाडीलाई आगामी समर सिजनमा अन्य क्लबलाई बिक्री गर्ने भएको छ ।

युरोपा लिगबाट बिदा भइसकेको म्यान्चेस्टर युनाइटेड इङलिस प्रिमियर लिगमा पनि तेस्रो स्थानमा छ । प्रशिक्षक टेन ह्यागमाथि क्लबको छबि सुधार गर्ने ठूलो चुनौति छ । उनी आफ्ना खेलाडीले क्षमता अनुसारको प्रदर्शन गर्न नसकेकामा चिन्तित पनि छन् ।

कुन खेलाडीले क्लब छाड्दैछन् ?
१. भिक्टर लिन्डेलफः सन् २०१७ देखि क्लबमा आबद्ध भएका डिफेन्डर लिन्डेलफ जर्मनीको बुन्डेसलिगा जाने सम्भावना छ । उनलाई भित्र्याउन धेरैवटा जर्मन क्लबहरु इच्छुक रहेका छन् ।

भिक्टर लिन्डेलफ

२. डोन्नी भान डी बिकः म्यान्यूमा आबद्ध भए पनि मिडफिल्डर बिकले क्लबका तर्फबाट खेल्ने अवसर पाएका छैनन् ।

डोन्नी भान डी बिक

३. एन्थोनी एलान्गाः क्लबका युवा स्ट्राइकर एलान्गाले यस सिजनमा क्लबका लागि एक गोल पनि गर्न सकेका छैनन् । उनलाई क्लबले अर्को सिजनमा ऋणमा बिक्री गर्न चाहेको छ ।

४. स्कट म्याक टोमिनीः म्यान्चेस्टर युनाइटेडमै हुर्के बढेका स्कटलाई कसैले राम्रो अफर दिए बिक्री गर्नेछ । उनलाई टिममा ल्याउन अरु धेरै क्लबले रुचि देखाइसकेका छन् ।

५. वाउट विघोस्र्टः गत जनवरीमा इङलिस प्रिमियर लिगको अर्को टिम बर्नलीबाट ल्याइएका विघोस्र्ट फेरि आफ्नै क्लब बर्नली फर्कने छन् । उनलाई म्यान्चेस्टरमा राख्ने सम्भावना ज्यादै न्यून छ ।

६. फ्रेडः ब्राजिली फुटबलर फ्रेड पनि क्लबबाट बिदा हुँदैछन् । उनलाई लिन साउदी अरबीया र कतारका क्लबहरुले निकै इच्छा देखाएका छन् ।

७. ह्यारी म्यागुरीः सेभिया विरुद्धको खेलमा एकपछि अर्को गल्ती गरेका ह्यारीमाथि प्रश्न उठेको छ । उनलाई क्लब छाड्न तिब्र दबाब छ । उनी इङल्यान्डमै रहने छन् तर म्यान्चेस्टर युनाइटेडमा नरहने पक्का भइसकेको छ ।

८. मार्सेल साबिजरः म्यान्चेस्टरका मिडफिल्डर मार्सेल क्लबमा नरहने पक्का भइसकेको छ । उनी आफ्नै पुरानो क्लब बायर्न म्युनिख फर्कने छन् ।

९. एन्थोनी मार्सियलः यस वर्ष युनाइटेडका लागि ७ गोल गरेका फ्रान्सेली फर्वार्ड पनि आगामी समर सिजनमा युनाइटेडमा रहने छैनन् । उनी सम्भवतः स्पेनी क्लबमा आबद्ध हुने छन् ।

एजेन्सी