२० मंसिर २०८२, शनिबार
,
Latest
अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । लागु औषध नियन्त्रण ब्यूरोले लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले भारत, उत्तरप्रदेशस्थित अलिगढका रवीन्द्रकुमार परासरका साथबाट १ किलो ८० ग्राम कोकिन बरामद गरेको हो । बरामद कोकिनको अन्दाजी अवैध मूल्य रु दुई करोड ३३ लाख ८० हजार रहेको छ ।

ब्यूरोका प्रवक्ता/सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार लागु औषध कोकिनको अवैध कारोबार हुन लागेको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले यही वैशाख ५ गते ठमेलस्थित एक होटलबाट भारतीय नागरिक ५१ वर्षीय परासरको साथमा रहेको पिठ्युँमा बोक्ने कालो रङको कपडाको झोलाभित्र लुकाई राखेको खैरो रङको लेडिज ब्यागमा फल्स बटम बनाई लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिमाणको कोकिन बरामद गरेको जानकारी दिनुभएको छ ।

पक्राउ परेका परासरलाई अनुसन्धान गर्ने सिलसिलामा उक्त लागु औषध कोकिन लेडिज ब्याग इथियोपियाबाट काठमाडौँसम्म ल्याई निज भारतीय नागरिक परासरलाई दिने केन्याली नागरिक ६३ वर्षीय पिलिसिला वान्जा एन्डिरिटुलाई ठमेलस्थित अर्को एक होटलबाट अमेरिकी डलर एकहजारसहित पक्राउ गरिएको छ ।

ब्यूरोका अनुसार पक्राउ परेका निजहरुउपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।