३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ऋणको ब्याज, हर्जाना र पेनल छुट गरिदिन वायुसेवा निगमको अनुरोध

ऋणको ब्याज, हर्जाना र पेनल छुट गरिदिन वायुसेवा निगमको अनुरोध
अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमले ऋणको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ ।

निगमले आज एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी कोरोना भाइरसका कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले सो अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गर्न आग्रह गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले दुवै कोषलाई तिर्नुपर्ने ऋणको किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत आग्रह गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको गत चैत महिनाको किस्ता तिरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषलाई चैत महिनाको रु ५३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरिसकेको बताएको छ । निगमले गत असारमा रु एक अर्ब ३५ करोड, असोजमा ७३ करोड नौ लाख ५५ हजार २८१, पुसमा ३३ करोड नौ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड नौ लाख ५५ हजार २८१ गरी कूल दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख गरेको छ ।