४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ

वसुन्धराश्री पुरस्कार डा रुइत र मानश्री पुरस्कार डा पुनलाई प्रदान गरिने

वसुन्धराश्री पुरस्कार डा रुइत र मानश्री पुरस्कार डा पुनलाई प्रदान गरिने
अ+ अ-

काठमाडौं । वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गर्ने भएको छ ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा आज बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ चिकित्सक डा रुइतलाई विसं २०८० को वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ वैज्ञानिक श्री डा महावीर पुनलाई विसं २०८० को मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

विसं २०११ भदौ १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङ्गोलामा जन्मनुभएका डा रुइतले तिलगङ्गा आँखा अस्पताल एवं सयौँ शिविरको सञ्चालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरी मानवताको सेवा गर्नुभएको छ । रुइत यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप, इसा सम्मान, रोमन म्यागासेसे र पद्मश्री विभूषणलगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिनुभएको छ ।

विसं २०११ माघ ९ गते म्याग्दी जिल्लाको नाँगीमा जन्मनुभएका डा पुन नेपालमा शिक्षा, सञ्चार प्रविधि र विज्ञानको विकासमा पुर्‍याउनुभएको अतुलनीय योगदानका लागि रोमन म्यागासेसे र जोनाथन पोस्टेललगायत दर्जनौँ सम्मान, पदक तथा पुरस्कारद्वारा सम्मानित भइसक्नुभएको छ ।

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर श्री माधवप्रसाद घिमिरे विसं २०५७, वरिष्ठ उपन्यासकार श्री दौलतविक्रम विष्ट विसं २०५८, वरिष्ठ कथाकार तथा नाटककार श्री गोविन्दबहादुर मल्ल ‘गोठाले’ विसं २०५९ वरिष्ठ समालोचक श्री यदुनाथ खनाल विसं २०६०, वरिष्ठ आख्यानकार श्री मदनमणि दीक्षित विसं २०६१, वरिष्ठ उपन्यासकार श्री डायमनशमशेर राणा विसं २०६२, वरिष्ठ साहित्यकार श्री इन्द्रबहादुर राई विसं २०६३, वरिष्ठ कवि श्री मोहन कोइराला विसं २०६४, वरिष्ठ संस्कृतिविद् श्री सत्यमोहन जोशी विसं २०६५, वरिष्ठ समालोचक श्री कृष्णचन्द्रसिंह प्रधान विसं २०६६, वरिष्ठ कवि श्री वैरागी काइँला विसं २०६७, वरिष्ठ कवि श्री धर्मराज थापा विसं २०६८, वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी विसं २०६९, वरिष्ठ चित्रकार श्री शशि शाह विसं २०७०, वरिष्ठ कलाकार श्री हरिप्रसाद रिमाल ९विसं २०७१, वरिष्ठ सङ्गीतकार श्री अम्बर गुरुङ विसं २०७२, वरिष्ठ आख्यानकार श्री लीलबहादुर क्षेत्री विसं २०७३, वरिष्ठ समालोचक प्रा डा तारानाथ शर्मा विसं २०७४, वरिष्ठ गायक श्री प्रेमध्वज प्रधान विसं २०७५, वरिष्ठ कलाकार श्री मदनकृष्ण श्रेष्ठ २०७६, वरिष्ठ आख्यानकार डा ध्रुवचन्द्र गौतम विसं २०७७, वरिष्ठ लोकगायक श्री कुमार बस्नेत विसं २०७८ र वरिष्ठ साहित्यकार श्री ठाकुरप्रसाद गुरागाईं विसं २०७९ लाई प्रदान गरेको छ ।

त्यसैगरी प्रज्ञा–प्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार श्री दिनेश अधिकारी विसं २०५७, साहित्यकार श्री विनय रावल विसं २०५८, नाटककार श्री अशेष मल्ल विसं २०५९, गजलकार श्री ज्ञानुवाकर पौडेल विसं २०६०, साहित्यकार श्री मञ्जुल विसं २०६१, कथाकार श्री मधुवन पौडेल विसं २०६२, कवि श्री विष्णुविभु घिमिरे विसं २०६३, कवि श्री कृष्णभूषण बल विसं २०६४, कथाकार श्री भुवन ढुङ्गाना विसं २०६५, कथाकार श्री सनत रेग्मी विसं २०६६, कवि श्री विजय बजिमय विसं २०६७, समालोचक डा रामदयाल राकेश विसं २०६८, कथाकार डा वेञ्जु शर्मा विसं २०६९, चित्रकार श्री किरण मानन्धर विसं २०७०, कलाकार श्री नीर शाह विसं २०७१, गायक श्री दीप श्रेष्ठ विसं २०७२, साहित्यकार श्री दुर्गाप्रसाद श्रेष्ठ विसं २०७३, साहित्यकार तथा सञ्चारकर्मी श्री खगेन्द्र नेपाली विसं २०७४ गायक श्री भक्तराज आचार्य विसं २०७५, कलाकार श्री हरिवंश आचार्य विसं २०७६, साहित्यकार सरुभक्त ९विसं २०७७, गायिका श्रीमती मीरा राणा विसं २०७८ र कलाकार श्री थानबहादुर रावल विसं २०७९ लाई प्रदान गरेको छ । रासस