४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

मछिन्द्र एपिएफसँग स्तब्ध, जावलाखेलले पुलिसलाई हरायो

मछिन्द्र एपिएफसँग स्तब्ध, जावलाखेलले पुलिसलाई हरायो
अ+ अ-

काठमाडौँ । साविक विजेता मछिन्द्र फुटबल क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधवार एपिएफसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लवसँग स्तब्ध भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले मछिन्द्र फुटबल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा जावलाखेल युथ क्लवले च्यासल मैदानमा पुलिसलाई ६–१ को फराकिलो अन्तर हराएको हो । मछिन्द्र क्लवबिरुद्ध रोमाञ्चक जित दिलाउनका लागि पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा कप्तान नविन लामाको पासमा अर्मान्ड बेडोमले गरेको गोल निर्णायक बनेको हो । यसअघि पहिलो मिनेटबाट दबाब दिएर खेलेको मछिन्द्रले थुप्रै अवसरहरु सिर्जना गरेपनि गोल गर्न भने सकेन । पाचौं खेलमा चेन्चो पनि चल्न सकेनन् भने स्ट्राइकर विमल घर्ती मगरका थुप्रै प्रयास विफल भएका थिए । यस्तै आन्द्रेश नियाले पनि केही राम्रा अवसर खेर फाल्न पुगेका थिए ।

२८ औं मिनेटमा मछिन्द्रका चेन्चो ग्याल्सेनको क्रसमा विमल घर्ती मगरको प्रहार आकाशिँदा त्यसको तीन मिनेटपछि चेन्चोको शक्तिशाली प्रहार फ्रेममा पर्न सकेन । दुई मिनेटपछि मछिन्द्रले फेरि गोलको अवसर गुमायो । चेन्चोको क्रसमा पेनाल्टी बक्सभित्र अनमार्क रहेका आन्द्रेस नियाको प्रहार बाहिरियो । ४४ औं मिनेटमा नियाको क्रसमा विमलले गरेको हेडर बल माथिल्लो बार नजिकैबाट बाहिरिएको थियो । खेलमा एपिएफले पहिलो रोजाइका गोलकिपर युया कुरियामालाई चोटका कारण गुमाउन परेको थियो । मच्छिन्द्रका विजय भुजेलसँग जुध्न पुगेका कुरियामालाई २२ औं मिनेटमा वैकल्पिक गोलकिपर एञ्जल श्रेष्ठले प्रतिस्थापन गरे । दोस्रो हाफमा अगाडि बढेर खेलेको मच्छिन्द्र खेलमा फर्किन सकेन र अंक सुम्पिन बाध्य बन्यो ।

लिग अन्तर्गत च्यासल मैदानमा पुलिसबिरुद्धको खेलमा जावलाखेलले जित निकाल्ने क्रममा पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा पाँच गोल गर्दै एक गोल खान पुगेको थियो । यससँगै जावलाखेल शीर्ष स्थानमा यथावत रहेको छ ।

पहिलो मिनेटबाट नै पुलिसमाथि हावी भएको खेलको जावलाखेलले २९ औं मिनेटमा फोडे फोफनाको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा जावलाखेलले पहिलो हाफको खेललाई निरन्तरता दियो । हिसुब थपलियाले ५० औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाउँदा एनकोटा मासोबीले ६५औं र ७२ औं मिनेटमा गोल थप्दै टोलीको अग्रता ४–० मा पुर्याएका थिए । यसअघि ६५ औं मिनेटमा अब्दुलाजिज निसोनबाभले टोलीका लाग पाँचौं गोल गरेका थिए । हिसुबले ८२औं मिनेटमा व्यक्तिगत दोस्रो थप्दै अग्रता ६–० मा पुर्याउँदा मोसेस ग्याबाह टौमले पुलिसका लागि सान्तोवना गोल फर्काएका थिए । यससँगै जावलाखेल युथ क्लवले १० खेलबाट छैठौं जित निकालेर शीर्ष स्थानमा यथावत छ । जावलाखेलको २० अंक भएको छ पराजित पुलिस तालिकाको पुछारमा यथावत नै छ ।

लिगमा बिहीबार दुई खेल हुनेछ । एन्फा मुख्यालयमा हुने खेलमा थ्री स्टार र हिमायन शेर्पा आमने सामने हुनेछन् भने दशरथ रंगशालामा चर्च ब्वाईज र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।