३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गाउँघर पनि प्रदूषणको चपेटामा

गाउँघर पनि प्रदूषणको चपेटामा
तस्बिर:सन्तोष गौतम/रासस
अ+ अ-

गलेश्वर । वसन्त ऋतुको सौन्दर्यमा रमाउन र मधेशको गर्मी छल्न १४ जना साथीसहित म्याग्दीको पुनहिल पुग्नुभएका नवलपुर अमरापुरीका सुन्दर सापकोटाले न हिमाल हेर्न पाउनुभयो न त वनैभरि फूलेका विभिन्न प्रजातिका लालीगुराँस हेर्दै रमाउन ।

घोडेपानी, पुनहिललगायत म्याग्दीका पर्यटकीयस्थलको भ्रमणका लागि एक साताको बिदा लिएर म्याग्दी आउनुभएका सापकोटा र उहाँका साथीले प्रकृतिको दृश्यावलोकन गर्न त पाउनु भएन नै आँखा र टाउको दुख्ने, आँखाबाट आँशु र नाकबाट पानी बग्ने शारीरिक समस्याले समेत ग्रस्त हुनुभयो ।

म्याग्दीका ग्रामीण क्षेत्रमासमेत तुवाँलोले प्रदूषण बढाएपछि वसन्तको मौसममा ग्रामीण क्षेत्रमा पुगेका पर्यटक र स्थानीयवासीको दैनिकीसमेत प्रभावित बनेको छ । वायुप्रदूषण र मौसम परिवर्तनका कारण आँखा र नाक पोल्ने, घाँटी दुख्ने, रुघा लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिन थालेपछि हिउँदेबाली थन्काउने, मकै गोड्ने लगायतका काम छोडेर स्थानीय बासिन्दा स्वास्थ्य संस्था धाउन थालेका छन् । म्याग्दीका पर्यटकीयस्थलमा घुम्न गएका आन्तरिक तथा बाह्य पर्यटक पनि बसाइँ छोट्याएर फर्किन थालेका पर्यटन व्यवसायीले बताएका छन् ।

मङ्गलबार म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा घुम्न आउनुभएका बागलुङ रामरेखाका सतिश घर्तीले तुवाँलोका कारण बेलढुङ्गाबाट नजिकको स्वर्गाश्रम, म्याग्दी नदी, हिमाल र बेनी बजारको दृश्यसमेत देख्न नपाएको बताउनुभयो । “प्रदूषण सहरमा मात्रै होइन ग्रामीण क्षेत्र र वन जङ्गलमासमेत फैलिइसकेछ, हिमाल पनि प्रदूषणले ढाकिदिएछ , प्रकृति पनि तुवाँलोले छेकिदिएछ”, घर्तीले भन्नुभयो ।

आकाश तुवाँलोले भरिएपछि घाम पनि छेकिएको छ । करिब एक किलोमिटरको दूरीका गाउँसमेत देख्न मुस्किल छ । समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइमा रहेको बेलढुङ्गाबाट विगत एक सातायता न हिमाल देख्न पाइएको छ न प्राकृतिक सौन्दर्य नै । म्याग्दी र छिमेकी जिल्ला पर्वत तथा बागलुङका विभिन्न ठाउँमा लागेको डढेलोका कारण जिल्लाका ग्रामीण बस्तीसमेत प्रदूषणको चपेटामा परेका बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

डिभिजन वन कार्यालय म्याग्दीका अनुसार वन जङ्गलमा लागेको डढेलोबाट निक्लेको धुवाँले सदरमुकाम बेनीसहित जिल्लाका ग्रामीण भेगमासमेत प्रदूषण बढेको छ । बेनी नगरपालिका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा आइतबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आइसकेको भए पनि निक्लेको धुँवाले भने वरपरका बस्ती अझै छोपेको छ । वनभित्र ढलेका ठूला रुखका मुढा, रुखमा सल्केको आगो भने अझै देखिन्छ । डढेलोले भकिम्लीका करिब २५ हेक्टर क्षेत्रफलको वन क्षेत्रमा क्षति पुगेको छ । वैशाख लागेसँगै डढेलोमा म्याग्दीको करिब ७० हेक्टर वन क्षेत्रमा क्षति पुर्‍याएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले बताउनुभयो ।

सदरमुकाम वरपरका सामुदायिक वनमा मात्र होइन, माथिल्लो क्षेत्रका राष्ट्रिय वन तथा संरक्षण क्षेत्रका वनमा डढेलो लागेकाले ग्रामीण क्षेत्रमासमेत प्रदूषण बढेको उहाँको भनाइ रहेको छ । बढ्दो खडेरीका कारण हिमालमुनिका बुट्यानमासमेत दैनिक डढेलो लागिरहेको छ । कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्री खडेरीले गर्दा राष्ट्रिय वनमा दैनिक डढेलो लागिरहेको बताउनुभयो । बस्तीदेखि धेरै टाढा हिमालमुनिको जङ्गलमा डढेलो लागेकोले चासो कम क्षति बढी भइरहेको उहाँको भनाइ छ ।

गतवर्ष तीन सय ४१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको कार्यालयले जनाएको छ । जिल्लाको दुई लाख २९ हजार सात सय ६ हेक्टर क्षेत्रफल छ । त्यसमा ३६।७६ प्रतिशत वन, १।८५ झाडी, २१।२७ प्रतिशत चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले एक हजार दुई सय ६० हेक्टर, एक्यापले तीन हजार सात सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ ।

वन कार्यालयले व्यवस्थापन गर्ने ७९ हजार चार सय ३९ हेक्टर वनमध्ये २४ हजार दुई सय दुई हेक्टर वन छन् । जसमा तीन सय १० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ  । यी वन क्षेत्र हिउँदमा डढेलो र वर्षामा भुस्खलनका साथै सडक विस्तारको बहानामा फँडानीको सिकार बन्दै आएका छन् ।

वनमा लागेको डढेलोले उत्पन्न प्रदूषणका कारण मानव स्वास्थ्यमा नकारात्मक असर पर्दै गएको बेनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा शङ्कर लामिछानेले बताउनुभयो । उहाँका अनुसार दैनिक तीन सय बढी बिरामी आउने गरेको अस्पतालमा अधिकांश रुघाखोकी, एलर्जी, दमलगायत श्वासप्रश्वास तथा निमोनियका बिरामी रहेका छन् । रासस