२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलम्बुको आमा याङरी साङ्दो पालरी गुम्बा दर्शनका लागि खुला– तस्बिरहरु



अ+ अ-

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित तार्केघ्याङ गाउँमा निर्माण गरिएको आमा याङरी साङ्दो पालरी गुम्बा सञ्चालन भएसँगै पर्यटकको भीड लागेको छ ।

हाल गुम्बा निर्माण गरिएको स्थानमा रहेको स्तुपा २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि अहिले पुन: निर्माण गरिएको हो ।

गुम्बा भत्किँदा नियमित पूजापाठ लगायतमा असर परिरहेको कुरालाई मध्यनजर गर्दै गुम्बा निर्माण गरिएको गुम्बा निर्माणकर्ता पेमा लामाले बताउनु भयो । उहाँले करिव ४ वर्ष अघिदेखि उक्त स्थानमा गुम्बा निर्माण कार्य शुरु गरी अहिले सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । अमेरिकाको न्युयोर्कमा बस्दै आएकी पेमा लामाको व्यक्तिगत प्रयासमा गुम्बा निर्माण भएको हो ।

करिव ५ करोड लगानीमा निर्मित गुम्बा मंगलवारदेखि औपचारिकरुपमा उद्घाटन गरी दर्शनका लागि खुला गरिएको लामाले बताउनु भयो ।हिमाली महायानी परम्पराका बौद्धमार्गीहरुका लागि हेलम्बु एक विशेष धार्मिक क्षेत्रका रुपमा परिचित छ । यहाँ गुरु रिन्पोचे लामो समय ध्यान साधना गरेर बसेको धार्मिक विश्वास रहँदै आएको छ ।

ह्योल्मो जातीको उद्गमस्थल रहेको हेलम्बुस्थित आमा याङरीलाई यहाँको रक्षक देवीका रुपमा मानिन्छ । स्थानीयहरुले गुम्बा परिसरमा बाटो र पानीको समस्या रहेकाले सरकारले पानी र बाटोको व्यवस्था गरे पर्यटकलाई सहज हुने माग राखेका छन् ।