२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा बायर्न र म्यान्चेस्टर सिटी भिड्दै



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनल प्रवेशका लागि आज मध्यरातमा दुई खेलहरु हुँदैछन् । मध्यरातमा एकै समयमा (००ः४५ बजे) इटालीयन क्लब इन्टर मिलान र पोर्चुगीज क्लब बेन्फिाले प्रतिस्पर्धा गर्दैछन् । यसअघि क्वाटरफाइनल अन्तर्गत नै पहिलो लेगमा बेन्फिकालाई उसकै मैदानमा २–० गोलले पराजित गरेको इन्टरलाई आज आफ्नो मैदानमा २–० गोलको एड्भान्टेज छ ।

यस्तै, आज हुने अर्को रोमाञ्चक खेलमा जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब म्यान्चेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल बायर्नको घरेलु मैदान एलियान्ज अरिनामा हुनेछ ।

यसअघि क्वाटरफाइनलको पहिलो लेगमा सिटीले बायर्नलाई आफ्नो मैदान इतिहाडमा ३–० गोलले पराजित गरेको थियो । तसर्थ सिटीसँग ३–० गोलको अग्रता छ । ३–० ले पछि परेको बायर्नलाई घरेलु समर्थकको साथ भरपुर रहनेछ । उच्च लयमा रहेको सिटीविरुद्ध ३–० बढीको नतिजा निकालेर सेमिफाइनलमा स्थान बनाउन बायर्नका लागि निकै चुनौति छ ।

सिटीका फरवार्ड एर्लिङ हालाण्डलाई रोक्नु बायर्नका डिफेन्डरको प्रमुख समस्या हुनेछ । जारी च्याम्पियन्स लिगमा हालाण्ड ११ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।

बायर्न जर्मन लिग बुन्डेसलिगाको शीर्ष स्थानमा रहँदा सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको छ ।

गएराति भएको खेलबाट स्पेनिस क्लब रियल मड्रिड र इटालीयन क्लब एसी मिलानले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

 

बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज अरिना, जहाँ बायर्न र सिटीबीचको खेल हुँदैछ