४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो

बाबरको शतकमा हङकङले सिंगापुरलाई ८ विकेटले हरायो

बाबरको शतकमा हङकङले सिंगापुरलाई ८ विकेटले हरायो
अ+ अ-

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत हङकङले विजयी सुरुवात गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा मंगलबार दिउँसो सम्पन्न खेलमा हङकङले मलेसियालाई ८ विकेटले हराएको हो । हङकङका लागि बाबर हायातले शतकीय इनिङ्स खेले । ९४ बलमा १० चौका र ६ छक्कासहित उनी १०८ रनमा अविजित रहे । यस्तै, कप्तान निजाकात खानले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

सिंगापुरका रमेश कालिमुथु र अरित्र दत्तले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको सिंगापुरले ४१.१ ओभरमा अलआउट हुँदै १७४ रन जोड्यो । सिंगापुरका लागि अरित्र दत्तले ४९, आर्यान मोदीले २१, रमेश कलिमुथुले १८, अभि दिक्षित र थिलिपन ओमाइदुराईले १२/१२ रन जोडे ।

हङकङका एहसान खानले ४ तथा यसिम मुर्ताजाले ३ विकेट लिँदा मोहमद घाजानफर, अइजज खान र आयुश शुक्लाले एक–एक विकेट लिए ।

एसियन क्रिकेट काउन्सिल ९एसीसी०को आयोजनामा भइरहेको प्रतियोगिता यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहने छ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् ।

फाइनल खेलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।