४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

नयाँ बर्षमा सूर्यको महत्व

नयाँ बर्षमा सूर्यको महत्व
अ+ अ-

वि. सं. २०७९ले आफ्नो कथालाई इतिहास संकलन गरेर अस्तायचलतिर लागेपछि २०८०को प्रारम्भ हुँदैछ । यस वर्षको संंवत्सर नाम पिङ्गल हो, राजा बुध, मन्त्री शुक्र छन् ।

सामान्यत: राजा र मन्त्री ग्रहले वर्षभरी कस्तो हुन्छ भन्ने संकेत दिन्छ । राजाका पदमा रहेका बुधग्रहले शेयर, विद्यालय, बौद्धिक चातुर्‍य, पत्रकारिता लगायतका क्षेत्रमा असर पार्छ । बुध ग्रह श्रावण ३१ गते बक्र भई श्रावण ६ गते पुन: भाद्र २१ गते भाद्र २३सम्म अस्त बक्र हुने हुँदा राष्ट्रले फाइदा लिन सक्दैन ।

राज्यको ढुकुटी, शक्तिको दुरूपयोग, बौद्धिक व्यक्तिहरुले बाटो छोड्ने, शेयरमा गिरावट आदि हुने छ । मन्त्रीका रुपमा रहेका शुक्रमा सौन्दर्य, मनोरञ्जन, विवाह, सम्पूर्ण विज्ञान, स्त्री, भोगविलाश, रेष्टुरेन्ट आदि गुण हुन्छन् । आषाढ ३१ देखि बक्र भएका शुक्र भद्रौ १२ गते मार्गी हुन्छन् । वक्र हुँदा यी विषयबाट लाभ मिल्दैन । यो वर्ष मकरलाई अन्त्य, कुम्भलाई मध्य र मीन राशिलाई आद्य साढेसात छ । कर्कट तथा बृश्चिक राशिलाई अढैयाको असर रहनेछ । जन्मकुण्डलीमा शनि राम्रो भएमा उचित प्रतिफल, नराम्रो भएमा खराब फल मिल्नेछ । यस वर्ष कार्तिक ११ गते शनिवार खण्डग्रास चन्द्रग्रहण परेको छ ।

नयाँ वर्ष भन्ने वित्तिकै जनवरी महिनालाई संझने क्रमले युवापुस्तामा विक्रम संवत् केही ओझेलमा परेको छ । हाम्रो शास्त्र र भूगोलले वैशाखलाई पहिलो महिना मान्दछ । ज्योतिषशास्त्रअनुसार जुन महिनामा विशाखा नक्षत्रमा पूर्णिमा पर्छ त्यही वैशाख महिना हुन्छ ।

वैशाखलाई मेष महिना भनिन्छ जसको राशि स्वामी मंगल हो, जहाँ सूर्य उच्च हुन्छन् । मंगललाई सेनापति र सूर्यलाई राजा ग्रह मानिन्छ । राजा र सेनापति प्रबल भएको राष्ट्रले उपनिवेश एवं अन्यायको मुख देख्नुपर्दैन । गायत्री मन्त्रले सूर्यको उपासना गर्छ, सूर्यलाई ऊर्जा र परमात्माको स्वरूप मानिन्छ ।

पश्चिमाहरुले रातको १२ बजेपछि अर्को दिन लागेको बताए पनि ज्योतिषशास्त्रले सूर्योदय नहुँदासम्म अगिल्लै दिन मान्छ । यसकारण वि. सं. २०७९ सालको अन्त्य वि. सं. २०८० वैशाख १ गते विहान ५ बजेर ४३ मिनेटको सूर्योदयसँग हुन्छ र नयाँ वर्ष लाग्छ । सूर्य बेलुका पाँच बजेर २६ मिनेटपछि अश्विनी क्षेत्रमा प्रवेश हुने हुँदा त्यसपछिमात्र वैशाख महिना लाग्छ अर्थात् नयाँ वर्षको प्रारम्भ हुन्छ ।

हाम्रो पञ्चाङ्गमा सूर्य र चन्द्रमासहित अन्य ग्रहका गतिको सूक्ष्म हिसाब किताब गरिएकाले जीवनोपयोगी छ । सूर्यलाई ग्रहका राजा मानिने हुँदा आइतबार अर्थात् रविबारलाई हप्ताको पहिलो दिन मानियो । प्राचीन कालदेखि सूर्य र चन्द्रवंश गरी दुई क्षत्रिय राजवंशको शासन चलेको देखिन्छ । सूर्यवंशको श्रीगणेश इक्ष्वाकु र चन्द्रवंशको प्रारम्भ बुधका छोरा पुरुरवाबाट भयो ।

भगवान् राम सूर्यवंशी र कृष्ण चन्द्रवंशी क्षत्री थिए । नेपालको राष्ट्रिय झण्डासहित यहाँका मन्दिरहरूमा चन्द्र, सूर्य अड्ढित झण्डा छन् । सूर्यको महिमा, महत्व, पूजा र उपासना आदिलाई समेटेर सूर्यपुराण, सूर्योपनिषद्लगायतका ग्रन्थहरू निर्माण गरिएका छन् । महर्षि कश्यप एवं अदितिबाट जन्मेका सूर्यको विवाह विश्वकर्माकी पुत्री संज्ञासँग भयो । उनीहरूबाट वैवश्व मनु, यमराज, यमी जन्मिए । सूर्य र छायाँबाट शनि, सावर्णि मनु, तपतीको जन्म भयो । त्रेतायुगका कपिराज सुग्रीव एवं द्वापरयुगमा कर्ण पनि सूर्यकै सन्तान भए ।

चैत्रदेखि वसन्त ऋतु लागे पनि अधिकांश स्थानका प्रकृति वैशाखपछि हृदयदेखि हाँस्ने, मन रम्ने, साधना फक्रने हुँदा वैशाख पहिलो महिना हुन पुग्यो । महिनाअनुसार सूर्यको नाम, उदाउने र अस्ताउने समय, तापको मात्रा फरक भएकाले बाह्र महिना भए । सूर्यको अर्थ परमात्मा पनि हुनेहुनाले पृथ्वी आदि लोकका पालनकर्ताका रूपमा पूजा गरिन्छ ।

सूर्यले राक्षस, पिसाच आदि तामसी शक्तिको उपद्र र प्रकोपबाट रक्षा गर्दछन् । सूर्यकै वरिपरि घुम्दै ग्रहहरूले ताप र प्रकाश प्राप्त गर्दछन् । सूर्यका भानु, दिवाकर, दिनानाथ, आदित्य, आइतलगायतका अनेकौँ नाम छन् । हप्ताको पहिलो दिन सूर्यकै नामबाट आइतबार शुरु हुन्छ । प्रिज्मको प्रयोग गरी सूर्यका सात किरणहरूलाई हेर्न सकिन्छ ।

वेद, उपनिषद्लगायतका शास्त्र र ग्रन्थहरूले संवत्सर, अयन, महिना, बार, तिथि, पक्ष, नवग्रहको व्यावहारिक र धार्मिक प्रयोग बताएका छन् । समयको सूक्ष्म एकाईअन्तर्गत पला, विपला, निमेष एवं ठूलो एकाईमा वर्ष, युग आदि छन् । नेपालमा घण्टा र मिनेटभन्दा पहिले घडी र पलाको प्रयोग व्यापक थियो । तामाको भाँडामा घडा राखेर डुबेपछि एक घडी बितेको मानिन्थ्यो ।

२ घडी ३० पलाको एक घण्टा हुन्छ । सूर्यलाई अग्नि रूप मानिन्छ । ‘अग्रे नीयते येन स अग्नि: अर्थात्, जसले अगाडि (मोक्ष, सत्कार्यतर्फ) लैजान्छ त्यसलाई अग्नि भनिन्छ । अग्निका तीन काम हुन्छन्– ताप(तताउने), पाक(पकाउने) र प्रकाश (उज्यालो दिने) । सूर्यपुराणमा सूर्यलाई परमात्मा, सृष्टिका संरक्षक, प्रकाशदाता, सम्पूर्ण देवताका प्रतिमूर्ति बताएको छ ।

महादेवको दायाँ आँखा सूर्य, चन्द्रमालाई बायाँ, अग्निलाई तेस्रो नेत्र मानिन्छ । ज्ञान र उज्यालोको प्रतीक मानिने हुँदा आर्यावर्तका विभिन्न स्थानमा सूर्यको मन्दिर छन् । सूर्यका मूर्तिमा अथाहा शक्ति सञ्चार भइरहने हुँदा मन्दिरभित्र राखिँदैन । पहिले उत्पत्ति भएकाले सूर्यलाई आदिदेव भनिन्छ । उदय अवस्थामा सूर्यको ब्रéरूप, मध्याìमा महेश्वर र अस्ताउने बेलामा विष्णुरूप मानिन्छ । सम्पूर्ण स्थावर र जङ्गमका आत्मा नै सूर्य हुन् । आत्मा भनेकै चेतन हो, चेतन भनेकै सूर्य हो ।

नयाँवर्षसँग हरेक प्राणी एक वर्ष बुढो हुँदै जान्छ । नयाँ वर्षले नवीन जीवनको प्रारम्भ, नयाँ सोचको अंकुर, नयाँ अनुभवको पाहुलालाई उत्कृष्ट बनाउनतिर सहयोग गर्नुपर्छ । नयाँ वर्ष हरेक प्राणीको जन्म दिनजस्तै भएकाले कुल, आमाबुबा, गुरुको दर्शन र स्मरण गर्ने, देवीदेवताको पूजा उपासना गर्ने, ठूलाबाट आशीर्वाद लिने जस्ता ऊर्जाशील तथा सत्कर्म गर्नुपर्छ ।

रातको १२ बजेदेखि नै फोन गर्ने, हुर्रे लगाउने, टोल र समाजलाई असर पार्ने कार्य गर्न हुँदैन । ऋषिका सन्तान, देवीदेवताका अंश भएका मानिसले प्रकृति र संस्कृति विरुद्धका काम गर्नु शोभनीय हुँदैन ।

नयाँ वर्ष एक पर्व हो, उत्सव हो, जन्म हो । अरु दिनको भन्दा अधिक साधना गर्नु, सत्संगत गर्नु, परोपकार गर्नुपर्छ जसले वर्षदिनसम्म मानवबाट महामानव बन्ने प्रेरणा दिन सकोस् ।