१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

पहिचानको आधार विस्तारै खस्कँदै गएपछि प्रदेश नामकरणको अर्थ नै के रहन्छ र?– कमल थापा

पहिचानको आधार विस्तारै खस्कँदै गएपछि प्रदेश नामकरणको अर्थ नै के रहन्छ र?– कमल थापा
file photo
अ अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पहिचानको आधार विस्तारै खस्कँदै गएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले किराँत वा लिम्बू पहिचानको आधार मुन्धुम, किराँत धर्म, संस्कृति र परम्परा हो भन्दै किराँती नेता र संस्थाहरुले खोजिरहेको पहिचानको आधार खस्किँदै गएको बताउनुभएको हो ।

कोशी प्रदेश नामकरणको विरोधमा केही किराँती नेता र संस्थाहरुले चलाइरहनुभएको आन्दोलनप्रति आफ्नो कुनै टिप्पणी नभएको र त्यो उहाँहरुको संविधान प्रदत्त अधिकार हो भन्दै अध्यक्ष थापाले उहाँहरुलाई पहिचानको आधार विस्तारै खस्किँदै गएकोबारे समेत जानकारी वा चेतना राखिदिन आग्रह गर्नुभयो ।

विगत केही वर्षयता भइरहेको योजनाबद्ध र संगठित धर्मपरिवर्तनको डढेलोको सबैभन्दा बढी नकारात्मक प्रभाव किराँत समुदायमा परेको उहाँको भनाइ छ।

उहाँका अनुसार २०६८ को जनगणनामा कुल जनसंख्याको ३ प्रतिशत रहेको नेपालको तेस्रो किराँत धार्मिक समुदाय पछिल्लो जनगणना अनुसार करिब १.५ प्रतिशतमा खुम्चेको र पाँचौँ स्थानमा झरेको अनुमान गरिएको छ। हिन्दू र बुद्धिष्टहरुको संख्या पनि निकै घटेको छ।

“यस्तो संवेदनशील विषयमा दल, संसद्, सरकार र धार्मिक सांस्कृतिक संस्थाहरुको गम्भीर ध्यान गएको देखिन्न। किराँत धर्म संस्कृति र किराँत/लिम्बुहरुको पहिचान नै सकिएपछि प्रदेशको नामकरणको अर्थ नै के रहन्छ र १ यसबरे ध्यान दिन सम्बद्ध सबैसँग आग्रह गर्दछु”, उहाँले भन्नुभएको छ ।