२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी डलर तथा युरोसहित नेपाली एवं विदेशी नागरिकहरु पक्राउ



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर र युरोसहित नौ नेपाली र तीन विदेशी नागरिक पक्राउ परेका छन् ।

यही चैत २७ र २८ गते विभिन्न एयरलाइन्सद्वारा काठमाडौँबाट दुबई प्रस्थान गर्न लागेका यात्रुहरुलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा जाँच गर्ने क्रममा ९१५ अमेरिकी डलर र ४५ हजार ५३३ युरोसहित मुद्रा फेला परेको विमानस्थलको सुरक्षा निकायले जनाएको छ ।

उक्त मुद्रा लैजान लागेका निजहरुको राहदानी जाँच गर्दा उल्लिखित परिमाणको रकम दरपिठ गरेको नदेखिएको र अवैधरुपमा लुकाईछिपाई बाह्य मुलुकतर्फ लैजान लागेकाले निजहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।