२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

पार्टीको पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले बुधबार (आज) केन्द्रीय समिति बैठकबाट निर्णय हुने र बारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको जनाइएको छ ।

ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्न रास्वपाको केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्दैछ । पार्टी कार्यालय बसुन्धरामा बस्ने सोही बैठकबाट निर्णय हुनेछ । त्यसपछि पत्रकार सम्मेलन गरिने छ ।

रास्वपाका सांसाद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडियो सार्वजनिक भएको थियो । त्यसबारे छानबिन गर्ने जिम्मा रास्वपाले अनुशासन आयोगलाई जिम्मा दिएको थियो । ढाका कुमारले भने उक्त अडियोको आवाज आफ्नो नभएको दाबी गरेका छन् ।