१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

आईपीएलमा आज महाभिडन्तः राजस्थानलाई चेन्नईको चुनौति

आईपीएलमा आज महाभिडन्तः राजस्थानलाई चेन्नईको चुनौति
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज बुधबार चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुका ७ः४५ बजेदेखि चेन्नईको एमए चिदम्बरम (चेपक) स्टेडियममा सुरु हुनेछ । दुवै टोलीले प्रतियोगितामा अहिलेसम्म ३ खेल खेल्दा २ जित र १ हार बेहोरेका छन् ।

आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स गुजरात टाइटन्ससँग पराजित भएको थियो । त्यसपछि टोलीले घरेलु मैदानमा लखनउलाई र मुम्बईमा मुम्बई इन्डियन्सलाई हराएको थियो । अजिंक्य रहाणे, मोइन अली, ऋतुराज गायकवाड र महेन्द्र सिंह धोनी टोलीका शीर्ष खेलाडी हुन् ।

रोयल्सविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा मोइन अली, मिचेल सान्टनर, ड्वेन प्रिटोरियस र डेभन कोनवे हुन सक्छन् । यसबाहेक दीपक चाहर र बेन स्टोक्स केही खेलका लागि टोलीमा रहने छैनन् ।

पहिलो खेलमा हैदरावादलाई पराजित गरेको राजस्थान पञ्जावसँग भने ५ रनले पराजित भएको थियो । त्यसपछि फर्किएको टोलीले दिल्लीलाई ५७ रनले पराजित गर्‍यो । टोलीको शीर्ष क्रममा जोस बटलर, यशस्वी जैसवाल, सञ्जु सामसन र शिमरोन हेटमायरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । त्यस्तै, बलिङमा युजभेन्द्र चहल र ट्रेन्ट बोल्टले लगातार विकेट लिएका छन् ।

चेन्नई विरुद्ध टोलीका ४ विदेशी खेलाडीमा बटलर, हेटमायर, बोल्ट र जेसन होल्डर हुन सक्छन् । यी बाहेक सामसन, जैसवाल र रविचन्द्रन आश्विनले पनि टोलीलाई बलियो बनाइरहेका छन् ।

घरेलु मैदानमा चेन्नई सुपर किंग्सको कीर्तिमान उत्कृष्ट छ । टोलीले यहाँ पछिल्ला २० मध्ये १७ खेल जितेको छ । मुम्बई इन्डियन्सले मात्रै ३ खेलमा उसलाई हराएको छ । यस्तो अवस्थामा राजस्थानका लागि यहाँ जित दर्ता गर्नु चुनौतीपूर्ण हुनेछ ।

सन् २००८ को आईपीएलको फाइनलमा दुवै टोली आमनेसामने भएका थिए । त्यतिबेला राजस्थानले जित हासिल गरेको थियो तर समग्रमा हेड टु हेड रेकर्डमा चेन्नई अगाडि छ । यी दुईबीच अहिलेसम्म २६ खेल भइसकेका छन् । जसमा १५ खेलमा चेन्नई र ११ खेलमा राजस्थान विजयी भएका छन् ।

चेपक रंगशालाको पिच स्पिनरका लागि उपयोगी मानिन्छ । तर यहाँको अन्तिम खेलमा सीएसकेले २१७ रन बनाएर खेल १२ रनले जितेको थियो । यस्तो अवस्थामा राजस्थानविरुद्ध पनि उच्च स्कोर हुने सम्भावना देखिन्छ । यहाँ आज वर्षाको सम्भावना छैन । बुधबार साँझको तापक्रम २९ देखि ३० डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुवै टिमका सम्भावित सुरुवाती–११
चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (कप्तान र विकेटकीपर), डेभोन कोनवे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, मोइन अली, अम्बाती रायडु, शिवम दुबे, रविन्द्र जडेजा, ड्वेन प्रिटोरियस, मिचेल सान्टनर र तुषार देशपांडे ।

राजस्थान रोयल्सः सञ्जु सैमसन (कप्तान र विकेटकीपर), जोस बटलर, यशस्वी जैसवाल, ध्रुव जुरेल, रियान पराग, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, जेसन होल्डर, युजवेन्द्र चहल, केएम आसिफ र ट्रेन्ट बोल्ट ।

अंकतालिकाः