४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो

यस कारण खस्कियो कांग्रेसको साख

यस कारण खस्कियो कांग्रेसको साख
अ+ अ-

२०४६ साल यताका सबै असन्तुष्ट काङ्ग्रेसलाई साथ लिएर कांग्रेसको हालको खस्कँदो साख जोगाउनलाई थोरै पनि सम्झौता गर्ने नसक्ने अहिलेको कांग्रेस नेतृत्व साच्चै नै दाजु,भाउजु, देवर , जेठाजु र उनको आसेपासेको मात्रै भएको प्रष्ट भएको छ।

नेपाली कांग्रेस आहिले बिपीको नेपाली काँग्रेस पार्टी नभएर व्यापारिक घरानाका नव सामन्तीहरुको पार्टी भएको छ। विगत ३३ बर्षमा जसले नेपाली कांग्रेस बनाउन आफ्नो जीवन समर्पण गरे उनीहरूलाई नै कांग्रेसले जालझेल गरेर पाखा लगाउने काम गर्‍याे।

अहिले चुनावको मुखमा आएर तनहुँ जिल्लामा जुन जुन रणनीति तयार गरिएको छ यो सबै हात्तीको देखाउने दाँत मात्र हो। खासमा नेपाली कांग्रेस आफैँ गोविन्द भट्टराईलाई जिताउन चाहँदैन।

पार्टी भित्रकाहरुका व्यक्तिगत अहंकार र ब्यक्तिगत स्वार्थको लागि यसपालि स्वर्णीम वाग्लेलाई हराउने भन्ने नाउँमा गोविन्द भट्टराईलाई नै बलिको बोको बनाउने तयारी गरेको छर्लङ्ग देखिन्छ । पार्टी भित्रका केही व्यक्तिको इच्छा गोविन्द भट्टराईलाई कसरी जिताउने भन्दा पनि जसरी भए पनि स्वर्णीम वाग्लेलाई हराउने रहेको छ। त्यसको लागि पार्टीले जे पनि गर्न तयार रहेको बुझिन्छ। नेपाली कांग्रेसको यो घृणित राजनितीले कांग्रेसको अस्तित्व नै धरापमा पारेको छ ।
भिरमा जाने गाईलाई (हुनत अहिले काङ्ग्रेस गाई भन्न लायक छैन) राम राम भन्न सकिन्छ तर काँध थाप्न सकिँदैन।

यो पनि पढ्नुहोसदेउवा-जोशी संवाद: अलमल्याउने रणनीति मात्र: जोशी

म आफैं शेर बहादुर देउवा, गगन थापा, अर्जुनरसिंह केसी, मोहन बस्नेत लगायत थुप्रै केन्द्रीय स्तरका नेता हरु संग यदि पार्टी लाई सही ठाउँमा ल्याउन सकिन्छ भने व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न पर्छ भन्दा भन्दै पनि पार्टी लाई एक ढिक्का बनाउन भन्दा पनि व्यक्तिगत प्रलोभन दिएर फुसलाउने प्रयत्न गरियो। हाम्रो परिवारले संगठनमा बस्दा सङ्गठन फाइदाको लागी मात्र काम गर्यो, व्याक्तिगत स्वार्थ सिद्ध गर्न केही गरिएन र गर्ने पनि छैन।

मलाई दिन दाहाडै गोली हान्नु पर्ने थियो लठ्ठी मात्रै हानेछ भन्ने अपराधी लाई देशको राष्ट्रपति बनाउने नेपाली कांग्रेस पार्टी लाई ठद्ध बर्ष पुग्नु भएको मेरी आमाको आँसुले एकदिन नराम्रो संग पोल्ने छ।

मानवीयता भन्दा ठुलो राजनैतिक विचार हुँदैन। अब फरक ढंगले राजनीति गर्ने बेला आएको छ। राजनैतिक धार जे भए पनी मान्छे लाई चोट दिने हुनु हुदैन, समाजको बेथिती , विसंगति चोट दिने हुनु पर्छ।

हाम्रो लडाइँ सकिएको छैन। हामी सत्य र न्यायका लागि, सामाजिक सम्वृद्धिका लागि लडी नै रहने छौँ र हाम्रो अबको लडाइँ राजनैतीक बिचारधारा भन्दा माथि उठेर, पार्टीको झण्डामा सिमित नभएर देशको लागि हुने छ । किनभने सबैभन्दा ठूलो राष्ट्र र राष्ट्रियता हो भन्ने कुरामा हामीमा न हिजो द्विविधा थियो न आज नै छ।

अत: २०४६ साल पछि कांग्रेसबाट राजनीति गर्ने सबैको सम्पति छानविन गरौँ। कसले कति भ्रष्टाचार गरेको छ त्यो आफैँ प्रष्ट हुन्छ। हामी सँग यस्ता थुप्रै जानकारी छन्।यहाँ धेरै लुकेका र लुकाइएका विषयहरु छन् । अब बिस्तारै बाहिर आउनेछन् किनकी यो जरुरी छ।

यदि तपाइँलाई यो देशको चिन्ता छ भने एक जुट भएर क्रान्ति गर्ने बेला आएको छ। एउटा यस्तो क्रान्ति जसको नेतृत्व परिवर्तनकारीहरुको काँधमा हुनुपर्छ।जसको नेतृत्व सर्व साधारण जनताबाट हुनुपर्छ। अब एउटा यस्तो सरकारको जरुरी छ।

जहाँ जनताले चुनेका खराव व्यक्तिहरुले होइन जनता आफैँले निर्णय गर्ने छन्। निर्णायक भूमिका देखि लिएर निर्माणको भूमिका सम्ममा जनताको हात हुनुपर्छ। न कि जनताको मतको आधारमा आफु मात्रै मोटाउने जुम्राहरुको हातमा। सोचौँ।जागौँ बोलौँ।