१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

कलाकार केदार घिमिरेको जन्मदिनमा कसले के भने ?

कलाकार केदार घिमिरेको जन्मदिनमा कसले के भने ?
अ अ+ अ-

काठमाडौँ । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) को जन्म दिनको अवसरमा अयोजित कार्यक्रममा कलाकार शिवहरि पौडेलले कलाकार घिमिरेले जुन कुरामा हात हालेपनि सफलता मात्रै हात लाग्ने भन्दै प्रशंसा गर्नुभएको छ ।

कलाकार पौडेलले घिमिरेले जुन फिल्ममा खेलेपनि सफलता मात्रै हात लाग्ने र घिमिरेको फिल्म हेर्न जाने मान्छेको कमी नहुने बताउनु भयो । उहाँले कलाकार घिमिरे कलाकारिताको उच्च तहमा पुगिसकेको र त्यहाँबाट तल झर्ने स्थिति नहोस् भन्दै जन्मदिनको शुभकामना दिनुभयो । उहाँले कलाकार घिमिरेले चलचित्र र कलाकारितामा दिएको योगदानले हास्य कलाकारको कद झनै बढ्दै गएको पनि बताउनुभयो ।

कार्यक्रममा कलाकार किरण केसीले आफूसँग काम गर्दाको अनुभवलाई सम्झिँदै उहाँको प्रशंसा गर्नुभयो । उहाँले कलाकार घिमिरेले कलाकारिता शुरुवात गर्दा आफूलाई धेरै सहयोग गरेको बताउनु भयो । कलाकार घिमिरे सालिन, भद्र र सकारात्मकता भएको व्यक्तिको रुपमा उहाँलाई चित्रित गर्नुभयो । उहाँले हास्य कलाकारहरुको प्रतिष्पर्धा रहेपनि एउटालाई दु:ख पर्दा अर्कोले सहयोग गर्ने भावना हास्य कलाकारहरुमा मात्रै रहेको बताउनु भयो ।

कार्यक्रममा कलाकार घिमिरेलाई जन्मदिनको शुभकाना दिँदै कलाकार दीपकराज गिरीले घिमिरेको संघर्षबाट नै आज यो स्थान हासिल गर्न सफल भएको बताउनु भयो । उहाँले आफूले घिमिरेसँग चलचित्रमा सहयात्रा गरेको १० वर्ष भएको बताउनु भयो । उहाँले आफूलाई मानसिक रुपमा, भौतिक रुपमा, चलचित्र लेखन लगायतका क्षेत्रमा साथ दिँदा आफूलाई झनै राम्रो भएको र यात्रा अझै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कलाकार दीपाश्री निरौलाले कलाकार घिमिरे जस्तोसुकै परिस्थितिमा पनि सल्लाह र सुझाव दिने गरेको बताउनु भयो । उहाँले घिमिरे र आफ्नो चलचित्रको सहयात्रा १० वर्ष पुगिसकेको र कलाकार घिमिरे एउटै पात्रमा आधारित रहेर आफ्नो परिचय दिनसक्ने व्यक्ति भएको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा कलाकार केदार घिमिरेले चलचित्रको सहयात्रा र आफ्नो पात्रले अहिलेसम्म दर्शकलाई मनोरञ्जन दिन सकेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा झनै मनोरञ्जनात्मक चलचित्रहरु पस्किने प्रतिवद्धता जनाउनु भयो ।

कलाकार घिमिरेको जन्म दिनको अवसरमा आयोजित कार्यक्रममा पुगेका अन्य कलाकारहरुले पनि कलाकार घिमिरेलाई जन्मदिनको शुभकाना व्यक्त गरेका थिए ।