२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एके ४७’ हतियारसहित चक्रे मिलनका सहयोगी पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ अर्थात चक्रे मिलनका सहयोगी गणेशबहादुर बोगटी ‘एके ४७’ हतियारसहित पक्राउ परेका छन् ।

चक्रे मिलन नेपालगञ्ज गएको बेला उनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि बोगटीलाई प्रहरीले पक्राउ गरेको हो । बैजनाथ गाउँपालिका, नौबस्ता निवासी बोगटीको साथबाट प्रहरीले घातक हतियारसमेत बरामद गरेको बताइएको छ ।

बोगटीले जिल्ला प्रशासन कार्यालय बाँकेबाट लाइसेन्स लिएको तर उक्त हतियार के प्रयोजनका लागि र कहिले लिएका थिए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

नेकपा ९एमाले० मा रहेका चक्रे मिलन युवा संघको महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेको बेला नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएको बेला बोगटीले चक्रे मिलनलाई हतियारसहित स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो ।

चक्रे मिलन काठमाडौं उपत्यकाको पुरानो गुण्डा नाइके हुन् । २०६२/०६३ को जनआन्दोलनपछि ठमेलमा दीपक मनाङे, महाराजगञ्जमा चक्रे मिलन र चाबहिलमा राजु गोर्खालीको दबदबा थियो ।

दीपक मनाङेमार्फत रेस्टुराँको बाउन्सर हुँदै ठेक्कापट्टामा लागेर गुण्डागर्दीमा छिरेका गणेश लामाको समूहले २०६१ सालमा पानीपोखरीको चुफाङ रेष्टुराँमा चक्रे मिलनको हात छिनाइदिएको थियो । पछिल्लो दशकमा प्रहरीले गुण्डागर्दीमा संलग्नविरुद्ध आक्रामक नीति लिएसँगै उनीहरुले राजनीतिक आड लिन पुगेका थिए ।

मनाङे गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएर मन्त्री समेत बनिसकेका छन् । गणेश लामा सत्तारुद्ध नेपाली कांग्रेसमा छन् ।