२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा



फाईल फोटो
अ+ अ-

सशस्त्र प्रहरीले पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएकोभन्दा बढी करीब ४२ टन चिनीसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाकाा आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले आइतबार उक्त परिमाणको चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताउनुभएको छ ।