२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा-जोशी संवाद: अलमल्याउने रणनीति मात्र: जोशी



अ+ अ-

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गोविन्दराज जोशी समूहबीच छलफल भएको छ । देउवा निवास धुम्बाराहीमा बिहान ११ बजे सभापति देउवा र जोशी समूहका दीपकराज जोशीबीच छलफल भएको हो ।

वैशाख १० गते तनहुँ–१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्णायक शक्तिका रुपमा रहेको जोशी समूहलाई फकाउन कांग्रेस नेतृत्व क्रियाशील रहेको छ ।

कांग्रेस सभापति देउवसँगको छलफलपछि गोविन्दराज जोशीका छोरा दीपकले न्यूजपोलारसँग भन्नुभयो, “उहाँहरु समस्याको सही निकास खोज्नेभन्दा पनि तत्काललाई फकाईफुल्याई गरेर अल्मल्याउने सुरुमा रहेको देखियो ।”

उहाँका अनुसार २०४६ यता छोडेर गएका सबैलाई कांग्रेसमा ल्याउनुपर्छ र बुबाको पनि पदाधिकारीमा स्थान स्पष्ट हुनुपर्छ । “तर उहाँहरुको इन्ट्रेष्ट चाहिँ चुनावको छेउमा टालटुल गरेर एउटा केही दिउँ भन्ने देखियो । यो कुरा हामीलाई मान्य छैन । उहाँहरू इच्छा यो चुनाव मात्र छ ,कांग्रेसलाई सुदृढीकरण गर्ने इच्छा देखिएन, केबल चुनावी स्वार्थ मात्र देखियो ।”

उहाँले स्थानीय तहको निर्वाचनका बेला आफूमाथि भएको सांघातिक आक्रमणका बारेमा छानबिन हुनुपर्ने, माफी माग्नु पर्ने र दोषीलाई दण्डित गर्नु पर्ने बारेमा पनि कुनै स्पष्ट जवाफ नदिएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बुबा र मेरो विषय मात्र होइन, हाम्रा समूहमा रहेका सबैको उचित व्यवस्थापन हुनुपर्छ, अरुलाई धोका दिएर जाने कुरा सोच्न पनि सकिन्न ।”

यो पनि पढ्नुहोस- पूर्व राजा शाहबाट जोशीको स्वास्थ्यलाभको कामना

जोशीलाई गत वैशाख ३० गते व्यासनगर नगरपालिका–८ रिस्तीमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले आक्रमण गरेका थिए । आक्रमणका परी जोशी गम्भीर घाइते हुनुभएको थियो ।