५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईवटा संसदीय समिति सभापतिमा राप्रपाको दाबी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा संसदीय समितिको सभापतिमा दाबी गरेको छ । संघीय संसद सचिवालयले संसदीय समिति गठनको प्रक्रिया अगाडी बढाएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा समितिको सभापतिमा दाबी गरेको हो ।

आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै राप्रपका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो पार्टीले दुईवटा सभापतिमा दाबी गरेको बताउनु भयो । उहाँले दुई सभापति आफुहरुले अनिवार्य पाउनैपर्ने बताउनु भयो । राप्रपा प्रतिनिधि सभाको पाँचौ ठूलो दल र दोस्रो ठुलो प्रतिपक्षी दल भएको भन्दै उहाँले दुई सभापति पाउनु आफूहरुको अधिकार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दुईवटा समितिमा हाम्रो दाबी रहन्छ । हामीले दुईवटा पाउनैपर्छ । दशवटा समितिमध्ये हामीले दुईवटा पाउनुपर्छ । त्यो हाम्रो अधिकार पनि हो । किनकी प्रतिनिधि सभामा हामी सिट संख्याको हिसावमा पाँचौ ठूलो दल हौँ । राष्ट्रिय दल पनि हो । राष्ट्रिय दल र पाँचौ ठुलो दल भएका हिसावले दुईवटा समितिमा हाम्रो दाबी हुन्छ । अर्को, लोकतन्त्रको मान्यता के हो भने, सरकार सत्तापक्षको हो ।

सदन प्रतिपक्षको हुन्छ । सदनमा जहिल्यैपनि प्रतिपक्षको आवाज सुनिनुपर्छ । बल्ल प्रजातन्त्र दिगो रुपमा टिकाउ हुन्छ । विषयगत समितिमा विषयगत ज्ञान हुनुपर्छ । राप्रपाले विषयगत रुपमा नै व्यक्तिको छनोट गर्छ । जस्तै हामीले भोली लेखा समिति पायौँ भने लेखा सम्बन्धी ज्ञान भएको मान्छे त्यहाँ जान्छ । राज्य व्यवस्था समिति भयो भने प्रशासनसँग सम्बन्धित ज्ञान भएको मान्छेलाई हामीले त्यहाँ नियुक्ति गर्छौं । विषयगत ज्ञान भएका मान्छे हामी चयन गर्छौं ।’

उहाँले समितिमा सदस्यहरुलाई विषयगत ज्ञानको आधारमा पठाउनुपर्ने बताउनु भयो । राप्रपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरुलाई विषयगत ज्ञान र दक्षताको आधारमा सम्बन्धित समितिमा पठाउने पनि उहाँले उल्लेख गर्नुभयो ।