२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इसेवा मनि ट्रान्स्फरले सहयोग हस्तान्तरण गर्यो



अ+ अ-

काठमाडौँ । इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत भोरपुरको भोजपुर बहुमुखि क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको छ ।

कम्पनीले डिजिटल साक्षरताका लागि एक कार्यक्रमका बिच शुक्रबार इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले संस्थाका अध्यक्ष प्रमेश केसी साथै महा सचिव संकेत कोईरालालाई ‘CG 65” 4K UHG Android TV’ र स्टेशनरी सामानहरू हस्तान्तरण गर्नुभएको हो ।

यसका साथै कम्पनीले लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालित सामाजिक उत्तरदायित्वको पहलमा लक्ष्मी केएर्सलाई शनिबार आयोजित “Orange Vibes– Chords for Cause 2023” कार्यक्रममा आर्थिक सहयोग पनि गरेको छ । लक्ष्मी केयर्स “Green initiative, Girl education / Financial Literacy ” क्षेत्रमा सक्रिय रहेको छ ।

स्थापनाको छोटो समयमै तिब्र गतिमा बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट रुपको भगिनी कम्पनी पनि हो ।