२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज असार ८ गते मंगलबार, कस्तो बित्नेछ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ, तर शेयर बजारको लगानी गुम्नसक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): कला, सङ्गीतमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ, तर शेयर बजारको लगानी गुम्नसक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ, सचेत रहनुहोला, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आज कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आफ्नो विचार विपरित निर्णय हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ । हाम्रो पात्रो