११ असार २०८३, बिहीबार
,
Latest
समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको प्रेस सल्लाहकारमा पोखरेल नियुक्त



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त हुनुभएको छ । राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त समेत रहनुभएका पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकार नियुक्त गर्नुभएको हो ।

पत्रकारितामा क्रियाशील उहाँ नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुनुहुन्छ । यस्तै, उहाँ हिमालयन टाइम्सका सम्पादक समेत हुनुहुन्छ ।

राष्ट्रपति पौडेलले यसअघि राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा, आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी पौडेल, प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे तथा कानूनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरिसक्नुभएको छ ।